पोखरामा मोटरसाइकलले ठक्कर दिदा दुई बालबालिका घाइते

पोखरा, १३ असार /पोखरा लेखनाथ महानगरपालिका १५ –घले गाउँ स्थित सडकमा बालबालिकालाई मोटरसाइकलले ठक्कर दिएको छ ।

ग १० प ४६६० नम्बरको मोटरसाईकलले ठक्कर दिदा पोखरा लेखनाथ महानगरपालिका १७ घारिपाटन बस्ने वर्ष ७ कि दिपिका गुरुङ वर्ष ४ को सन्दिप गुरुङ घाईते भएका छन् ।

घाईतेहरुको क्षेत्रिय अस्पतालमा पोखरामा उपचार भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रण लिई घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...