पोखराको दुई ठाउँमा दुर्घटना

पोखरा, १७ असोज / पोखराका दुई ठाउँमा दुर्घटना भएको छ । महानगरपालिका ३१ सुन्दरी डाँडा स्थित भञ्याङमा बेगनासबाट पोखरा तर्फ आउदै गरेको गरेको ग १ ख ४७७१ नंम्बरको बस दुर्घटनामा परेको छ ।

घुम्तिबाट अंन्दाजी ३० मिटर तल खस्न जाँदा उक्त बसमा सवार ४७ जना घाईते भई उपचारको लागि पोखरा स्थित विभिन्न अस्पतालमा उपचार भएको छ । घाईतेहरु मध्य २३ जनाको अवस्था मध्यम छ भने २४ जना सामन्य घाईते भएका छन् ।

त्यसै गरी पोखरा महानगरपालिका ६ डिहिकोपाटन स्थित ग१२प ९०११ नंम्बरको स्कुटर पछाडी सवार खसेका छन् । पोखरा महानगरपालिका ९ चिप्लेढुङा बस्ने वर्ष २७ को आशिष गुरुङ स्कुटरबाट खस्दा घाइते भई उपचारको मणिपाल अस्पतालमा उपचार भएको छ ।

कमेन्टहरु
Loading...