पोखरामा दुर्घटना, दुईको मृत्यु

पोखरा, १९ असोज / पोखरा महानगरपालिका २६ सुन्दरीबजारमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

ग २ च ९९५० नम्बरको बलेरो जिपले ग१५प ४३८० नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटरमा सवार पोखरा महानगरपालिका २७ आदर्श चोक बस्ने २५ बर्षिय हिमाल गुरुङ र सोहि स्थानका २३ बर्षिय रक्ष गुरुङको मृत्यु भएको हो ।

दुर्घटनमा परी घाइते भएका दुबैको पोखराको गण्डकी अस्पतालमा ल्यापनि डाक्टरले दुबैलाई मृत घोषणा गरेका हुन । घटना स्थलमा प्रहरी टोलि खटिई जिप चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

त्यसै गरी तनहुँको शुक्लागण्डकी नगरपालिका २ स्थित काठमाण्डौबाट पोखरा तर्फ आउदै गरेको ग७ प ४६८१ नम्बरको मोटरसाईकललाई सोहि दिशाबाट आउदै गरेको बा१६च ४३३० नम्बरको स्कारपियोले ठक्कर दिएको छ ।

मोटरसाईकलमा पछाडी सवार काठामाण्डौका १२ बर्षिय एमन लिम्बु घाईते भएका छन् । उनको गण्डकी अस्पताल पोखरा उपचार भएको छ ।

कमेन्टहरु
Loading...