पोखरामा भ्यानले स्कुटरलाई ठक्कर दिदा एकको मृत्यु

पोखरा, २८ जेठ/पोखरामा भ्यानले ठक्क्र दिदा एक युवाको मृत्यु भएको छ । काभ्रे जिल्ला घर भइ हाल पोखरामा मजदुरी गर्दै आएका २० बर्षीय कृष्ण प्रसाद चौलागाइको मंगलबार भ्यानको ठक्कर दिदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पृथ्बीचोकबाट अम्मरसिंचोक तर्फ जादै गरेको बा १४ च ५८१२ नम्बरको तरकारी बोक्ने भ्यानले सोही दिशा तर्फ जार्दै गरेको ग ८ प १९१४ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक चौलागाइको मुत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनको उपचारका लागि पोखरा हस्पिटलमा पुराए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटना पश्चात भाग्न खोजेका भ्यान चालक नवलपरासिका ४० बर्षीय कृष्ण सुवेदीलाई स्थानीयले समातेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक चौलागाइको शव पोष्टमाटमको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्तालमा राखीएको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख मुरारी मिश्रले जानकारी दिए । काठमाण्डौं स्थित एक इन्टरनेट कम्पनी मा काम गर्ने उनी कामकै शिलशिलामा पोखरा आएका थिए ।

बाटो काट्ने क्रममा महिलालाई जोगाउन खोज्दा उनको स्कुटर पल्टेको थियो । स्कुटर सहित पल्टिएका चौलागाईंलाई पछाडीबाट आईरहेको भ्यानले ठक्कर दिएको हो ।

कमेन्टहरु
Loading...