पोखरामा रक्सि सेवन गरी आफ्नै घरमा आगजनी

पोखरा, १० असार / पोखराको छोरेपाटनमा एक व्यक्तिले आफ्नै घरमा आगो लगाएका छन् । पोखराको छोरेपाटन निवासी जनकराज पौडेलले मादक पदार्थ सेवन गरी सोमबार १० बजेको समयमा आफ्नै घरमा आगो. लगाएका हुन् ।

आगलागिबाट घरमा रहेका लत्ताकपडा, फर्निचर, भाडाँकुडा, धनमाल सबै जलेर नष्ट भएका छन् ।
जनकराजकी श्रीमती रुपा पौडेलका अनुसार घटना हुनुभन्दा अघिल्लो रात पनि उनले रक्सि सेवन गरी श्रीमती र दुई छोरालाई मार्छु भन्दै हतियार लिएर गलिगलैज गरेका थिए । हारगुहार गरेपछि छिमेकी र प्रहरी आएका थिए ।

प्रहरीले सोमबार १० बजे कार्यालय आउनुभन्नु भएको थियो रुपाले भनिन् “छोरा र म घरबाट केहि परमात्र पुगेका थियै जनकराजले घरमा आगो लगाए । सबै जलेर नष्ट भयो ५० हजार पैसा थियो त्यो पनि जल्यो ।

जनकले पहिला पनि रक्सि सेवन गरी गलिगलैज गर्नुका साथै कुटपिट समेत गर्ने गर्दथ्य त्यसकारण उनलाई सुधार गृहमा राखिएको थियो । तीन महिना सुधारगृहमा बसेपछि पाँच दिन अघि मात्र घर फर्किएको स्थानिय देवी बस्यालले बताए ।

घरमा आगो लगाएर घरको छतमा गएर बसेका जनकलाई प्रहरीआएपछि घरभित्रबाटै बाहिर निकालिएको थियो । स्थानीयवासी र प्रहरीको साहायतामा आगो नियन्त्रमा आएको थियो ।

कमेन्टहरु
Loading...