पोखरामा ७ जना यातायात व्यवसायी र चालक पक्राउ

पोखरा, २१ वैशाख/कास्कीमा पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा नगर बस समिति र बागलुङ भगवती जिप समितिसँग आवद्ध ७ जना व्यवसायीलाई प्रहरील पक्राउ गरेको छ ।

पोखराबाट रूद्रबहादुर नेपाली, रमेश सुचीकार, सुनील थापा र निर्मल तामाङ पक्राउ गरेको कास्की प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए । उनीहरु बस धनी हुन् । त्यसै गरी सवारी चालकहरू प्रेम बहादुर गुरूङ्ग, मनबहादुर थापा, धन बहादुर थापालाई पोखराको पृथ्वी चोकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्यलाई पक्राउका लागि खोजी कार्यजारी रहेको प्रहरीको भनाई छ । यातायात व्यवसायीको आन्दोलनका कारण पोखरामा बिहानैदेखी लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेको छैन् । जसबाट सर्वसाधारण नागरिकहरु सम्बन्धीत गन्तव्यमा जान समस्यामा परेका छन् ।

कमेन्टहरु
Loading...