पोखराको प्रस्याङमा करिब ३ सय वर्ष पुरानो रुख ढल्यो

पोखरा, २३ वैशाख /पोखराको प्रस्याङमा आपँको बगैचा नै थियो । पोखरामा जन्मे हुर्केकाहरुले त त्यहाँ पुगेर आपँ पनि खानु भयो होला । त्यस स्थानमा अझै पनि आपँका रुखहरु छन् । केही सडक विस्तारका क्रममा काटी ।

शुक्रबार आएको ठुलो हावापानीले एउटा रुख नै भाचीयो । दिऊसो आएका ठुलो हावापानी सहित हुरीले ठुलो आपँको रुख ग¥ल्याम ढल्यो । ‘रुखको फेद मै बसेर एक महिलाले फलफुलको व्यापर गर्दै आएकी थिइन्’ पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपालीले भने – ‘उनलाई पनि कस्सो केही भएन ।’

उनले नजिकै रहेको क्रियापुत्रि भवनलाई पनि कुनै क्षेती नपु¥इ ढलेको बताए । उनले त्यो रुख करिब ३ सय वर्ष पुरानो भएको बताए । उनले अहिले ८० काटेका बुढाबुढीहरुले पनि आफ्ना हजुरबा हजुरआमाहरुले त्यो रुख त्यस्तै देखेको बताउदै आएको बताए । वडा अध्यक्ष नेपालीले भने सानो छदा हामी पनि आपँ खान जोने गरेका थियो । अहिले रुख ढ्ल्यो दुःख लागेको छ । तर कुनै पनि मानवीय र भौतिक क्षती नगरी कन ढलेकोमा खुसी छु ।

यस्तो छ किम्बदन्ती

कास्कीकोटका राजा कुलमण्डल शाहका पालामा पोखरा ५ प्रस्याङका आपँका विरुवा रोपीएको थियो । उनाका छोराहरुलाई अंशबण्डा भएपछि एउटा छोराको अंशमा लेखनाथको जग्गा परेको थियो । कास्कीकोटबाट लेखनाथ जादाँ सितल बस्नका लागि ति आपँका रुख रोपीको भनाई छ ।

कमेन्टहरु
Loading...