पोखरा ३१ को वडा कार्यालयमा चोरी

पोखरा, २३ जेठ /पोखरा महानगरपालिका ३१ को वडा कार्यालयमा चोरी भएको छ । नहरचोकमा रहेको वडा नम्वर ३१ को वडा कार्यालयमा बुधबार राती चोरी भएको हो ।प्रशासनमा लगाएको चाबी फोरेर चोरले दुई थान डेक्सटप र एउटा ल्यापटप कम्प्युटर चोरी गरेर लगेको वडा अध्यक्ष कमल बहादुर थापाले जानकारी दिए ।

वडा कार्यलयमा चोरी

प्रशासन शाखामा रहेको मुख्य कम्प्युटर, प्राबिधिक शाखामा रहेको इन्जिनियरले प्रयोग गर्ने गरेको अर्को कम्प्युटर र जुनियर इन्जिनियरको एउटा ल्यापटप चोरी भ​एको वडा सचिव रेशमलाल पौडेलले बताए । एउटा कम्प्युटरको सिपियू भने पानीमा भिजेको अवस्थामा भेटिएको र सामान्य मर्मत पछि चलाउन मिल्ने अवस्थामा पुर्याईएको सचिब पौडेलले जानकारी दिए ।

वडागत योजनाका इस्टिमेट र विलहरु कम्प्युटर र ल्यापटपमा रहेको र सोही उपकरणहरु चोरिएका छन ।प्रहरीले अनुसन्धान गरिरहेको छ ।यसअघि पोखराका वडा नम्बर ५, १३, १४,१५ र १६ लगायतका वडा कार्यलयहरुमा चोरी भइसकेका छन ।पछिल्लो समय चोरको निसानामा वडा कार्यालयका कम्प्युटर पर्ने गरेका छन्। विशेष गरि डाटाका लागि चोरी गरेको हुन सक्ने अनुमान गरिएको छ ।

कमेन्टहरु
Loading...