वडा नम्बर १७ मा राजश्व संकलन सुरु

पोखरा, ९ साउन/पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १७ मा बुधबारदेखि कर र राजश्व संकलन कार्य सुरु भएको छ । वडा नम्बर १७ को राजश्व तथा कर संकलन काउन्टरको उद्घाटन मेयर मानबहादुर जिसीले गरे । मेयर जिसीले एकीकृत सम्पत्ति कर बुझाउने पहिलो करदाता टीकाबहादुर द्वारे र घरनक्साको राजश्व बुझाउने लीला शर्मालाई रसिद् दिएर कर र राजश्व संकलन कार्यको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बोल्दै मेयर जिसीले महानगरको सेवालाई जनताको घर÷घरमा पु¥याउन लागि परेको बताए । ‘३३ वटै वडालाई प्रविधिले जोड्ने काम अहिले भइरहेको छ,’ जिसीले भने,‘ प्रविधि मार्फत् महानगरको सेवालाई नागरिक घर÷घरमा पु¥याउन हामी लागि परेका छौं । ’

१७ नम्बर वडाबाट सुरु भएको कर र राजश्व संकलन कार्य क्रमशः अन्य वडामा पनि विस्तार गरिने उनले जानकारी दिए । उनले १० देखि १५ लाख सम्मको योजना वडामै सम्झौता गरेर त्यसको भुक्तान दिने व्यवस्था मिलाउन लागेको पनि बताए । उनले एक हजार वर्गफिट क्षेत्रमा बन्ने घरको तीन तलासम्मको नक्सा पास पनि वडाबाट हुने व्यवस्था मिलाइएको जानकारी दिए ।

जनुसुकै वडाका बासिन्दाले कुनै पनि वडाबाट कर तिर्न र राजश्व बुझाउन मिल्ने व्यवस्था महानगरले गर्न लागेको बताए । पोखरा लेखनाथ महानगरपालिकाका राजश्व शाखा प्रमुख छवि शर्माका अनुसार एकीकृत सम्पत्ति कर, घरनक्साको राजश्व लगायत सबै कर वडा कार्यालयमै तिर्न सकिने बताए । सबै वडामा यो सेवा पुगेपछि राजश्व शाखाले अनुगमन मात्र गर्ने बताए ।

यसअघि साविक लेखनाथ नगरपालिका क्षेत्रका बासिन्दाले सेवा केन्द्र मार्फत् कर र राजश्व बुझाउने गरेपनि अबदेखि प्रत्येक वडामा बुझाउन सकिने उनले बताए ।

कर्मचारीको व्यवस्थापन भएमा आगामी २ महिना भित्र सबै वडाबाट राजश्व र कर संकलन गर्न सकिने शर्माले बताए । महानगरका २६ वडालाई प्रविधि माफत् जोडिसकिएको र साउन सम्ममा सबै वडा एक अर्कासँग जोडिने सूचना अधिकृत प्राविधिक शर्मिलाले गौतमले जानकारी दिइन् । वडा नम्बर १७ का वडाध्यक्ष तीर्थराज अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कमेन्टहरु
Loading...