पोखरा चापापानीमा मापदण्ड विपरीत बनेको पर्खालमा डोजर चल्यो

पोखरा, ३ असार /पोखरा महानगरपालिका १२ चापापानीमा रहेको मार्फा थकाली समाज घरको पर्खाल भत्काइएको छ ।

मनिपाल जाने बाटो विस्तार गर्ने क्रममा मापदण्ड छोडेर कम्पाउड लगाउन पोखरा महानगरपालिका १२ नम्वर वडा कार्यालयले पटक पटक आग्रह गर्दा पनि नसारे पछि १२ नम्वर वडा कार्यालयको सक्रियतामा पोखरा महानगरपालिकाको टोलिले भत्काएको हो ।

बाटो विस्तार गर्ने क्रममा अन्य सवै जग्गाँधनीहरुले मापदण्डअनुसारको जग्गाँ छोडे पनि मार्फा थकाली समाज घरलाई पटक पटक आग्रह गर्दा पनि नहटाए पछि बाध्य भएर भत्काउनु परेको पोखरा लेखनाथ महानगरपालिका १२ का वडा अध्यक्ष राम वहादुर कार्कीले बताए ।

उक्त बाटो बिस्तारको लागी हाल नगरपालिकाबाट २० लाख बजेट प्राप्त भएको छ भने गत वर्ष पनि नगरपालिकाबाट १० लाख बजेट बिनियोजन भएता पनि उक्त्त पर्खाल नहटाएका कारण त्यो रकम त्यतीकै फ्रिज भएर गएको स्थानिय जगत कार्कीले बताए ।

समाज घरको पर्खाल अत्यन्त जिर्ण रहेको र स्थानियलाई हिड्न पनि डर भएकोले स्थानिय जनताहरुको आग्रहमा भत्काइएको वडा अध्यक्ष कार्कीले बताए । पर्खाल भत्काइएको स्थानमा पोखरा लेखनाथ महानगरपालिका १२ का जनप्रतिनिधिहरु,कर्मचारीहरु महानगरपालिका ११ का वडा अध्यक्ष मोहन बास्तोला १३ का वडा अध्यक्ष दर्शन लामा लगाएतको उपस्थीति रहेको थियो ।

कमेन्टहरु
Loading...