नपढाई जागिर खाने प्रबृत्ति नहटे सम्म क्याम्पसको प्राज्ञिक उन्नयन हुदैन

पोखरा, २५ फागुन /त्रिभुवन विश्व विद्यालय प्राध्यापक संघ, पृथ्बीनारायण क्याम्पस ईकाइ समितिको आयोजना शुक्रवार “पृथ्वीनारायण क्याम्पसको शैक्षिक तथा प्राज्ञिक उन्नयनमा प्राध्यापकहरुको भूमिका” बिषयमा छलफल गरेका छन् ।

कार्यक्रमका पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. चन्द्र बहादुर थापाले क्याम्पस प्रशासन, प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावकहरुको ठूलो मेहनत र प्रयत्नले मात्र क्याम्पसले गुणस्तर पत्यायन तथा प्रमाणीकरण प्रमाणपत्र (क्यु.यु.ए) प्राप्तगर्न सफल भएको बताए । उनले आगामी दिनमा समेत यस्ता कार्यलाई निरन्तरता दिन प्राध्यापकहरु थप जिम्मेवार बन्न आग्रह गरे ।

त्यसै गरि पोखरा विश्व विद्यालयका पुर्व उपकुलपतिप्रा.डा. केशरजङ्घ बरालले नेपालको शिक्षा नीतिमा नै परिवर्तन हुनुपर्ने बताउदै उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले दिएको प्रतिवेदनको कार्यान्वयन भएमा शिक्षामा आमुल सुधार आउने बताए ।

कार्यक्रममा त्रिभुवन विश्व विद्यालय प्राध्यापक संघ पृथ्बीनारायण क्याम्पस ईकाइ समितिका सदस्य बिजय अर्यालले “पृथ्वीनारायण क्याम्पसको शैक्षिकतथा प्राज्ञिक उन्नयनमा प्राध्यापकहरुको भूमिका” बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । टिप्पणी गर्दै डा. लक्ष्मीशरण अधिकारी र प्रा.डा. लेखनाथ भट्टराईले नपढाई जागिर खाने प्रबृत्ति नहटे सम्म क्याम्पसको प्राज्ञिक उन्नयन हुन नसक्ने ठोकुवा गरे । प्राध्यापकहरु बिभिन्न बिभागहरु जवाफ देहि हुनुपर्ने बताए । उनले क्याम्पस हाताभित्र रहेको एक मात्र लाईब्रेरीलाई अध्ययन अनुसन्धान मैत्रि बनाउनु पर्ने बताए ।

कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका प्राध्यापक संघका पुर्व केन्द्रिय सदस्य सह प्रा. कालीदास शर्मा र संघकै पथ्वीनारायण क्याम्पस ईकाइ समितिका पुर्व सभापति डा. यमनाथ तिमिल्सिनाले शुभकामना दिदै प्रविधि मैत्री शिक्षा अहिलेको आवश्यकता भएको बताए ।

कार्यक्रममा अर्थशास्त्र बिभागका प्रमुख प्रा.डा देवनारायण सुतिहार, राजनीतिशास्त्रका डा. गिरिधारी दहाल, उपप्रशासक प्रेमलाल बराल, कर्मचारी संघका अध्यक्ष नवराज बास्तोला, भौतिक शास्त्रका पुर्व बिभागीय प्रमुख डा. कुलप्रसाद दहाल, आंशिक प्राध्यापक संघका अध्यक्ष राजनबहादुर क्षेत्री, प्राध्यापक परशुराम कोईराला, बिज्ञान छात्रवासका ईन्चार्ज गोपाल सेढाँई, लाईव्रेरीयन किशोर सुवेदि, तथ्याङ्कशास्त्र बिभागका प्रमुख डा. टंकप्रसाद अधिकारी, कानुन बिभागका प्रमुख सह.प्रा.बाबुराम पौडेल, डा. उमनाथ बराल लगाएतले क्याम्पसको शैक्षिक तथा प्राज्ञिक उन्नयनमा प्राध्यापकहरु सबै लाग्नु पर्ने बताए ।

त्रिभुवन विश्व विद्यालय प्राध्यापक संघ पथ्वीनारायण क्याम्पस ईकाइ समितिका सभापति थानेश्वर सुवेदिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन ईकाइ सचिव पबित्रराज बरालले गरेका थिए भने पृथ्वीनारायण क्याम्पस क्षेत्रगत ब्यवस्थापन बिभागका प्रमुख बिष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

कमेन्टहरु
Loading...