पृथ्बीनारायण क्याम्पसको स्ववियू अव नेवि संघको

पोखरा २९ माघ /पश्चिमाञ्चल क्षेत्रकै ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसको स्ववीयू अब हुने स्ववीयू निर्वाचनमा नेपाल विद्यार्थी संघको हुने दावी गरेका छन् । वाग्लुङ पृथ्वीनाराण क्याम्पस नेपाल विद्यार्थी संघ इकाईको भेलामा विद्यार्थीहरुले सो दावी गरेका हुन् । एमाले अखिलले क्याम्पस प्रशासनदेखि लिएर नव आगन्तुक विद्यार्थीहरुलाई समेत झुटो आश्वासन र फर्जी विद्यार्थी भर्ना गरि सधै जमाएको
कब्जा तोड्ने वेला समेत आएको विद्यार्थी नेता बालकृष्ण सापकोटाले बताएका थिए । वाग्लुङ पोखरा सम्पर्क समिति नेवि संघका अध्यक्ष गोविन्द चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रजातान्त्रीक विचार समाजका केन्द्रीय सदस्य कमलराज सापकोटाले देशमै प्रजातन्त्रको फूल फैलिरहेको अवस्थामा नेवि संघका कार्यकर्ताले विचारलाई खार्नु पर्नेमा जोड दिएका थिए । विद्यार्थी नेता प्रकाश आचार्यको सञ्चालनमा सम्पन्न उक्त विद्यार्थी भेलामा नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद केदार धमलाले आगामी दिनमा हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावालाई केन्द्रीत हुन आग्रह गर्दै बागलुङ समिति मात्र होइन यहाँ अध्ययन
गर्ने नेपाल भरिकै विद्यार्थीहरुलाई गोलबद्ध बनाएर अगाडि बढ्न आग्रह गरेका थिए ।

उक्त कार्यक्रममा विद्यार्थी नेताहरु बालकृष्ण सापकोटा, टुकराज श्रेष्ठ, मिलन आले, गंगा थापा, ज्ञानु श्रेष्ठ, मनोज चालिसे, दिनेश शर्मा, अनेरास्वीयू छौटौका अर्जुन शर्मा लागाएतले बोलेका थिए । उक्त कार्यक्रममा नेवि संघका कार्यकर्ताहरुले पृथ्बीनारायण क्याम्पसको नेविसंघ ईकाईको अधिवेशनको समेत माग गरेका छन् । उक्त भेलाले प्रकाश आचार्यको अध्यक्षतामा सुरेन्द्र शर्मा उपाध्यक्ष, बाबुराम चालिसे सचिव, मिलन सापकोटा र विष्णु पौडेल सहसचिव, एन्जल कँडेल कोषाध्यक्ष, केशव सापाकोटा, एश्वर्य शर्मा, सुवास शर्मा, प्रेम कुमारी शार्मा, लबप्रकास चालिसे, सुरज पौडेल, सन्तोष गायक सदस्यमा निर्वाचित भएका छन् । नेपाल विद्यार्थी संघले विद्यार्थीको उचित मागलाई सम्वोधन गर्न नचुक्ने उल्लेख गर्दै सम्पूर्ण विद्यार्थीलाई नेवि संघमा गालबद्ध हुन आग्रह समेत गरेका थिए ।

कमेन्टहरु
Loading...