गण्डकी प्रदेश प्रबर्द्धनको गर्न फोटो प्रदर्शनी

गण्डकी प्रदेश प्रबर्द्धनको गर्न फोटो प्रदर्शनी
173

पोखरा, १७ पुस / गण्डकी प्रदेशका फोटो पत्रकारहरुले पर्यटन प्रबर्द्धन गर्ने लक्ष्यका साथ प्रदेशको ११ जिल्ला झल्कने गरि फोटो प्रदर्शनी गरेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० स्वागत तथा उद्घाटन कार्यक्रम संगै गण्डकी प्रदेशको सहयोगमा ११ जिल्लाका पर्यटकीय गन्तव्यको ’boutमा जानकारी दिने लक्ष्यका साथ फोटो प्रदर्शनमा राखिएको हो ।

पोखरामा रहेका फोटो पत्रकार दुर्गा प्रसाद पौडेल, राम गुरुङ, कृष्णमणि बराल, उमेश पुन, प्रदिप पौडेल लगायत , सुदर्श रन्जित, अशेस साक्य, नारायण आचार्य, इन्द्र पौडेल लगायत तथा सुनिल उलकले संग्रह गरेका पोखराका पुराना फोटो तथा विदेशीले खिचेका विभिन्न ७५ फोटोहरु प्रदर्शनीमा राखिएको छ ।

पोखरा ६ लेकसाइड स्थित बाराही चोक नजिकै राखिएको उक्त फोटो प्रदर्शनीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको उल्लेख्य सहभागिता रहेको थियो । फोटो प्रदर्शनीको अवलोकन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ, गण्डकी प्रदेश सभासदस्य दिपक कोइराला लगायतले समेत अवलोकन गरेका थिए ।

गण्डकी प्रदेशका ११ जिल्लालाइ समेटी राखिएको उक्त फोटो प्रदर्शनीमा हिमाली क्षेत्र देखि तरार्इ सम्मका जिवनशैलि, भेषभुषा, प्राकृतिक भेषभुषा झल्काइएको थियो । ११ जिल्ला बाहेक पोखराका विसं २०२० देखि विसं २०३० साल सम्मका पोखराका ऎतिहासिक फोटो समेत राखिएको बरालले बताए ।
प्रदर्शनीमा ११ जिल्लाका ७५ वटा फोटो राखिएको छ जसमा ५५ वटा ११ जिल्लाका र २० वटा पोखराका जिवनशैली ईतिहास, प्रकृतिलाई समेत समावेश गरिएको उनले बताए ।

फोटो प्रदर्शनीले प्रदेशको परिचयका साथै पोखराको इतिहासललाइ समेटिएको छ । पोखराको फोटो पत्रकारहरुले खिचेका गण्डकी प्रदेशका विभिन्न भौगोलिक क्षेत्रका साथै पर्यटन प्रबर्द्धन गर्नको लागी नेपाल भ्रमण वर्षको अवसर पारेर फोटो प्रदर्सनमा राखिएको पोखराका फोटो पत्रकार राम गुरुङले बताए ।

११ जिल्लाका सबै पर्यटकिय स्थल, सांस्कृतिक, पोखराको पुराना फोटो, विदेशीले खिचेको फोटो तथा सुनिल उल्लकले संकलन गरेका पोखराका पुराना २० वटा फोटोहरुसमेत राखिएको गुरुङले बताए ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै गण्डकी प्रदेश पर्यटकीय स्थल, सामाजिक सांस्कृतिक तथा पोखराको ईतिहास झल्कने गरि फोटो प्रदर्शनीमा राखिएको फोटो पत्रकार संघ कास्कीका अध्यक्ष प्रदिप पौडेलले बताए ।

नेपाल भ्रमण वर्षको शुभारम्भको दिन पारेर गण्डकी प्रदेशको सहयोगमा फोटो पत्रकारले खिचेका विभिन्न फोटो राखिएको फोटो पत्रकार कृष्णमणि बरालले बताए । प्रदर्शनीमा ११ जिल्ला पर्यटक प्रबर्द्धन गर्ने उद्देश्यले राखिएको बरालले जानकारी दिए ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...