पोखराका रञ्जित, गुरुङ र बराललाई फोटो पत्रकारिता अवार्ड

पोखरा, १४ वैशाख/राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले आयोजना गरको फोटो पत्रकारिता अवार्डमा पोखराका तीन पत्रकारले जितेका छन् । सुदर्शन रञ्जित, राम गुरुङ र कृष्णमणि बरालले अवार्ड जितेका हुन् ।

सुदर्शन रञ्जितले एनएफपिजे ग्रेस इन्टरनेसनल खेलकुद फोटो पत्रकारिता अवार्ड, गुरुङले स्वतन्त्र फोटो पत्रकारिता अवार्ड र बरालले मोफसल फोटो पत्रकारिता अवार्ड हात पारेका हुन् । उनीहरुले अर्वाड सगँ नगद २५ हजार रुपैया हात पारेका छन् ।
पोखरामा केही महिनाअघि भएको भेट्रान्स फुटबल प्रतियोगिताको रञ्जितले खिचेको तस्बिरले अवार्ड प्राप्त गरेको थियो ।

त्यसै गरि गुरुङले मनाङको तिलिचो ताल र पर्यटन सगँ सम्बन्धीत तस्विर अवार्डका लागि छनोट भएको थियो । अवार्डका लागि पाँच जनाको फोटो मनोयनमा परेको थियो । एनएफपिजेले खेलकुद, राजनीति, लाइभ टाइम र अन्य गरि १३ विधामा अवार्ड प्रदान गरेको थियो ।

कृष्णमणी बराल
कृष्णमणी बराल
कमेन्टहरु
Loading...