पिस पोष्टरको उपाधि स्वयम्भु टाउनलाई

पोखरा, २५ मंसिर / लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपाल अन्तर्गतका क्लबहरुले आयोजना गरेका पिस पोस्टर प्रतियोगिताबाट उत्कृष्ट भएका प्रतियोगीहरु मध्ये सर्वोत्कृष्ट ४ प्रतिभा छनोट भएका छन् । लायन वर्ष २०१७/१८ मा लायन्स क्लब्स इन्टरनेशनलको थिम ‘द फ्युचर अफ पिस’मा रहेर डिष्ट्रिक्ट अन्तर्गतका ६५ वटा क्लब नोभेम्वर १५ सम्ममा प्रतियोगितामा सहभागी भएका थिए ।

प्रतियोगितामा लायन्स क्लब अफ काठमाडौं स्वयम्भु टाउनले प्रथम स्थान जितेको डिष्ट्रिक्टका क्याबिनेट सेक्रेटरी चण्डीप्रसाद अर्यालले जानकारी दिए । ज्योती एकेडेमी काठमाडौं कक्षा ८ का समिक्षा अधिकारीको पोस्टरले क्लबलाई प्रथम स्थान दिएको हो ।

प्रतियोगितामा लायन्स क्लब अफ पोखरा समर्पण (मुस्कान गुरुङ, कक्षा ८, शिशुनिकेतन, पोखरा) द्वितीय, लायन्स क्लब अफ साकुरा काठमाडौं (अरुषा कुवँर, कक्षा ६, मिल्स बेरी स्कुल, काठमाडौं) तृतीय र लायन्स क्लब अफ पोखरा सेन्ट्रल (शुभम मगर, बालप्रभात बोर्डिङ स्कूल, पोखरा)ले सान्त्वना स्थान जितेको डिष्ट्रिक्टका पिस पोस्टर कमिटि चियरपर्सन उर्मिला श्रेष्ठले जानकारी दिइन् ।

कमेन्टहरु
Loading...