पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि ६ जना आकांक्षी

पोखरा २८ साउन/पोखरेली उद्योगी ब्यवसायीको छाता संस्था पोखरा उद्योग वाणिज्य संघ विधान संशोधनपछिको पहिलो अधिवेशन नजिकिदै जादा चुनावी दौडधुप सुरु भएको छ । भदौ ३१ गते देखि हुने अधिवेशनको लागि आकांक्षीहरु आन्तरिक रुपमा लविङ गरिरहेका छन् ।

पोखरा उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि ६ जना आकांक्षी
पोखरा उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि ६ जना आकांक्षी

अहिलेसम्मको अबस्था हेर्दा अध्यक्षको लागि ६ जना आकांक्षी देखिएका छन् । बर्तमान प्रथम उपाध्यक्ष देव क्षत्री, कार्यसमिति सदस्यहरु, ईश्वर कर्माचार्य, विश्वशंकर पालिखे, हिरा भट्टराई, नारायण कोईराला र धनीराम बरालले अध्यक्षको लागि लबिङ सुरु गरेका छन् । बराल अघिल्लो अधिवेशनमा सदस्य पदमा पराजित भएका थिए । यद्यपी फेरी चुनावी मैदानमा उत्रने आकांक्षा देखाएका छन् ।

आकांक्षीहरु आफनो अनुकुल भेटघाटमा व्यस्त छन् । अधिवेशनको मिति तोकिए पछि चुनावी दौडमा लागेका छन् । हिरा भट्टराईले पत्रकार सम्मेलन नै गरेर उमेद्वारी घोषणा गरेकी छन् भने अन्य उमेद्वारले सामाजीक संजालबाट घोषणा गरेका छन् । कतिपयले आफ्नो माहोल बुझ्ने काम पनि गरिरहेका छन् ।

संसोधित नयाँ विधान अनुसार २९ सदस्य नयाँ कार्यसमिति चयन हुनेछ । त्यसको लागि सबै पदमा उमेदवारी रहने छ । अध्यक्षले केवल चार जना सदस्य मनोनय गर्ने पाउने अधिकार विधानमा छ । तर विगतमा जस्तो अध्यक्षले आफनो अनुकुल पदाधिकारी चयन गर्ने पाउने व्यवस्था भने संशोधित विधानले खारेज गरेको छ । त्यसैले अध्यक्षदेखि पदाधिकारी र कार्यसमिति गरी २४ पदमा निर्वाचन हुनेछ ।

आगामी कार्यकालको लागि बरिष्ठ उपाध्यक्षमा हालका द्धितीय उपाध्यक्ष मिनराज काफ्ले र महासचिव रविन्द्रबहादुर प्रजुको दावेदारीता देखिएको छ । यसैगरी उपाध्यक्षमा विन्दु कोइरालाको चर्चा छ । कोषाध्यक्षमा पवन प्रजापतिको नाम अगाडि आएको छ । बर्तमान कोषाध्यक्ष दिलिपराज श्रेष्ठ भने चुनावी मैदानमा नउत्रिने घोषणा गरिसकेका छन् ।

महासचिवमा सदस्य दामु अधिकारीले उमेदवारी घोषणा गरि सकेका छन् भने बर्तमान उपमहासचिव प्रकाशदेव पालिखेको पनि नाम चर्चामा छ । उपमहासचिवमा सीता गुरुङ र अर्जुन पोख्रेरले घोषणा गरेका छन् । संशोधित विधान अनुसार उपाध्यक्षमा एक वाणिज्य र अर्को उद्योगबाट निर्वाचित हुनुपर्ने प्रावधान छ । कार्यसमिति सदस्यमा दुई जना कर्पोरेट सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ । ४ जना बस्तुगत संघ सदस्य मध्येबाट नेतृत्वमा जाने प्रावधान विधानले गरेको छ । कार्यसमितिमा एक जना औद्योगिक सदस्यहरुबाट निर्वाचित हुने व्यवस्था छ । अध्यक्षले चार जनालाई भने मनोनयन गर्न पाउने विधानमा उल्लेख छ ।

कमेन्टहरु
Loading...