महायज्ञमा पौडेल परिवारद्वारा सबैभन्दा बढी दान

हेमजा, ११ माघ/ पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङगीर्ण विकासका लागि शुक्रवारदेखि सुरु शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ अन्र्तगत शनीवार हालसम्मकै घेरै अन्नपूर्ण ३ दमदमे निवासी डिल्लीराम पौडेलको परिवारले दान सहयोग गरेको छ ।

महायज्ञको दोस्रो दिन तथा कथाप्रवचनको पहिलो दिन शनिवार पौडेल परिवारले १ लाख ११ हजार १ सय ११ दान गरेको छ ।त्यस्तै अन्नपूर्ण ३ मराउँचेकी सिता पौडेलको परिवारबाट रु.५० हजार, रयाले निवासी देवी उपाध्यायको परिवारबाट रु.४० हजार एक सय ५ तथा टिमुरस्वाँरा स्थित सगरमाथा आमा समूहले रु. २५ हजार ५ सहयोग गरेको छ ।

यज्ञ अन्र्तगत शनिवारसम्म कलशको रकम सहित कुल रु. १० लाख ७१ हजार ४ सय ६९ संकलन भएको सचिवालय सदस्य मदनप्रसाद पौडेलले जानकारी दिए ।

यहि माघ १८ गतेसम्म जारी रहने उक्त यज्ञमा भागवत् भाष्कर प. कमलनयन गौतमले शिवमहापुराणको कथा प्रवचन गरिरहेका छन् ।त्यस्तै यज्ञ अन्र्तगत रुद्राभिषेक, हवन, धनधाञ्यान्चल, तुलादान, वेद पाठपारायण, सामुहिक ब्रतबन्ध, चौरासी पुजा, चण्डिपाठ लगायतका कार्यक्रम पनि भइरहेका छन् ।

यज्ञ मार्फत संकलित रकमबाट मन्दिरको पुनःनिर्माण गर्ने, नियमित पुजाका लागि अक्षयकोष स्थापना गर्ने, बहुउद्देश्यीय धर्मशाला बनाउने, अन्नपूर्ण माताको मन्दिर निर्माण गर्ने, मूल प्रवेशद्वार बनाई मन्दिर परिषरमा पक्की पर्खाल लगाउने तथा पर्यटन वर्ष २०२० लाई सघाउँदै धार्मिक पर्यटनका टेवा पु¥याएने लक्ष्य राखिएको यज्ञका महासचिव हरिप्रसाद शर्माले बताए ।

कमेन्टहरु
Loading...