पत्रकारहरू श्याम कुँवर, त्रिभुवन पौडेल र गीता राना पुरस्कृत हुने

पोखरा, ६ असार ।

पत्रकार महासंघ कास्कीद्वारा स्थापित पोखरा पत्रकारिता सम्मान पत्रकार श्यामनाथ कुँवरले पाउने भएका छन । गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार त्रिभुवन पौडेल र जगन्नाथ सिग्देल युवा प्रोत्साहन पत्रकारिता पुरस्कार गिता रानामगरलाई प्रदान गरिने भएको छ ।

महासंघ कास्कीको शुक्रबार बसेको बैठकले प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गरेको हो । प्रत्येक वर्ष प्रदान गरिने पोखरा पत्रकारिता सम्मानको राशि ३५ हजार रुपैयाँ रहेको छ । यसअघि पत्रकार नारायण कार्की, कुसुमकेशव पराजुली, बद्रीविनोद प्रतीक, माधव शर्मा, पुण्य पौडेल, कृष्ण बाँस्तोला, दुर्गा बराल ‘वात्स्यायन’ र पोखरा महानगरपालिका सम्मानित भइसकेका छन ।

सम्मानित हुने श्यामनाथ कुँवर समाधान दैनिकमा कार्यरत छन । साढे दुई दशक पोखरामा रहेर पत्रकारिता गरेका उनी महासंघ कास्कीको विभिन्न जिम्मेवारीमा रहिसकेका छन । पत्रकार कुसुमकेशव पराजुली संयोजक र कृष्णप्रसाद बास्तोला, दुर्गा बराल ‘वात्स्यायन’, महासंघ अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सेना सदस्य रहेको प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेको थियो ।

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । पुरस्कृत हुने पत्रकार महासंघ गण्डकी अध्यक्ष त्रिभुवन पौडेल पोखरा हटलाइन दैनिकका सम्पादक हुन । पत्रकार बद्रीविनोद प्रतीक संयोजक रहेको प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेको हो । समितिमा रवीन्द्र बाँस्तोला, रुपनारायण ढकाल, दीपेन्द्र श्रेष्ठ र रामप्रसाद तिमिल्सेना सदस्य थिए ।

जगन्नाथ सिग्देल युवा प्रोत्साहन पत्रकारिता पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।पुरस्कृत हुने पत्रकार गिता रानामगर एबीसी टेलिभिजनमा कार्यरत छन ।उनी महासंघ कास्कीका कार्यसमिति सदस्य हुन ।महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीको संयोजकत्वमा गठिन प्रतिभा छनोट समितिले गिताको नाम सिफारिस गरेको थियो ।

समितिमा सरिता तिमिल्सिना, रुद्र श्रीस मगर, दीपेन्द्र श्रेष्ठ र रामप्रसाद तिमिल्सेना सदस्य थिए । पत्रकार महासंघ कास्कीको स्थापना दिवसका दिन असार १२ गते विहान सम्मान र पुरस्कार प्रदान गरिने अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

कमेन्टहरु
Loading...