पत्रकार आचार संहिता पालना गर्न महासचिव विष्टको आग्रह

पोखरा, १३ मंसिर/नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले पत्रकार आचार संहिता पालना गरी मर्यादित ढंगले पत्रकारीता गर्न आग्रह गरेकाछन। नेपाल पत्रकार महासंघ कास्कीले बुधबार पोखरामा आयोजना गरेको निर्वाचनमा मिडियाको भूमिका अन्तरकृया कार्यक्रममा वोल्दै महासचिव विष्टले निर्वाचनलाई स्वतन्त्र ढंगले सम्पन्न गर्न मिडियाको समेत भुमिका हुने भएकोले पत्रकारले आचार संहिता पालना गरी मर्यादित ढंगले आफ्नो पेशा प्रति प्रतिवक्त हुन आग्रह गरे ।

महासचिव विष्टले पत्रकारहरु निर्वाचनको समाचार संकलन गर्न र सूचना प्राप्त गर्न मतदान केन्द्र सम्म पुग्ने वातावरण सृजना गर्न आग्रह गरे । द्धन्द्धबाट गुज्रिएको, विर्सनलायक चरण पार गरी, ३० जना भन्दा बढी पत्रकारहरु गुमाउदै नयाँ चनरणमा निर्वाचनबाट मुलुक जान लागेको अबस्थामा मिडियाले आफ्नो आचार संहिता पुर्ण रुपमा पालना गरी परिवेक्षकको रुप्मा समेत भूमिका निभाउनु पर्ने उनको भनाई थियो ।

यति बेला श्रमजिवी पत्रकारहरुको कुरा दृष्टिबिहिनले हात्ति छामे जस्तै भएको वताए । दोहोरो मापदण्ड भएकोले गर्दा हाल जति मात्रमा श्रमजिवी पत्रकार ऐनको कुरा चर्चामा रहे पनि त्यसलाई व्यवहारमा लागु गर्न कठिन भएको बताउदै महासचिव विष्टले ठुला तथा राष्ट्रिय मिडियाबाट श्रमजिवी पत्रकार ऐन लागु गरि छाड्ने प्रतिवद्धक्ता व्यक्त गरे । उनले भने “हामीले आफ्नो तीन बर्षीय कार्यकालमा केहि न केहि काम देखिने गरी गरी छाड्छौं, यसमा श्रमजिवि पत्रकार ऐन, पत्रकार सुद्धिकरण, पत्रकारहरुलाई छुने र अनुभव हुने गरी हामीले कुनै ठोस काम गरेरै छाड्छौं ।

” अनलाईनका कारण मिडिया जगतलाई नै खतरा निम्तिने संकेत देखिएको बताउदै उनले अनलाईहरु व्यबस्थीत र मर्यादित हुन आग्रह गरे । महासचिव विष्टले पत्रकारहरुको हकहितको लागि आगामी साँढे दुई बर्ष भित्र ५ करोडको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने बताए ।

नेपाल पत्रकार महसंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्दिय सदस्य रामकृष्ण ज्ञवाली, महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल, पूर्व उपाध्यक्ष गंगाधर पराजुली, कोषाध्यक्ष संजय मल्ल, सहसचिव दिननाथ बरालले पत्रकारहरुका विभिन्न सवालहरुका बारेमा चर्चा गर्दै पत्रकार आफ्नो पेशा प्रति मर्यादित हुन आग्रह गरेका थिए । नेपाल पत्रकार महसंघ कास्कीका अध्यक्ष श्रेष्ठले पोखरामा संचार प्रतिष्ठान स्थापना गर्न आवश्यक पुर्वाधार भएकोेले त्यसमा आफुहरु समन्वय गर्न तयार रहेको बताए।

कमेन्टहरु
Loading...