पतिको स्मृतिमा वेद विद्याश्रममा अक्षयकोष

पोखरा, १ असार/ पोखरा–९ बाँस्तोला थर निवासी दुर्गादेवी पौडेलले आफ्ना पतिको स्मृति तिथिको अवसरमा पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–१८, चिसाखोला आश्रम, कास्कीमा एक कार्यक्रमका बिच हाल १ लाख ५ हजार ५ सय ५५ को अक्षयकोष स्थापना गरेकी छन् ।

दाता एवं विद्याश्रम कार्य समिति सदस्य दुर्गादेवी पौडेलले पतिको धार्मिक रुचि र विद्याश्रम प्रतिको सद्भावको स्मरण गराउँदै अक्षयकोषको मूलधनबाट आर्जित व्याजद्वारा विद्याश्रम संचालनमा सहयोग पुग्ने आशा व्यक्त गरे ।

विद्याश्रमका मानार्थ आजीवन संरक्षक डा. त्रिभूवन शर्मा बरालले विद्याश्रमले ज्ञान र विज्ञानलाई विश्वमा चिनाउने कार्य गरेकोमा विद्याश्रम परिवारलाई धन्यवाद दिँदै दाताहरुलाई बधाई समेत दिए ।

दाता परिवार अन्तर्गत समाजसेवी बावुराम अधिकारीले वैदिक संस्कार संरक्षणमा आफ्ना ससुरा वुवाको परिकल्पना अनुसार विद्याश्रमले कार्य गरेको भन्दै खुसी व्यक्त गरे ।

विद्याश्रमका मानार्थ प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले स्व. कलानिधि पौडेल विद्याश्रम स्थापना कालदेखिका सक्रिय सहयोगी, वैदिक सनातन धर्मका संवर्तक तथा शिक्षासेवी रहेको स्मरण गराउँदै वैदिक धर्म संरक्षणमा सबै लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा उपाध्यक्ष दुर्गाप्रसाद अधिकारी, प्रअ श्रीराम तिमिल्सिना लगायतले मन्तव्य दिए ।

विद्याश्रममा आयोजित कार्यक्रममा संरक्षक अग्निहोत्री पं. केदारनाथ उपाध्यायले आशिर्वाद, विद्यार्थी वटुकहरुले वैदिक स्वस्तिवाचन तथा कार्य समिति अध्यक्ष भगवती अधिकारीलाई दाता दुर्गादेवी अधिकारीले अक्षयकोष रकम हस्तान्तरण गरे ।

कमेन्टहरु
Loading...