पतंजली योग समिति राधाकृष्ण मन्दिरको परिचयात्मक कार्यक्रम

पोखरा, २६ माघ/पतंजलि योग समिति राधाकृष्ण मन्दिर फिर्के केन्द्र पोखरा ७ को आयोजनामा शनिवार वनभोज तथा परियात्मक कार्यक्रम सम्पन्न भएको छ । योग गरौ स्वस्थ वनौ समाज विकासका लागि धर्म संस्कृतिको संरक्षण गरौ भन्ने मुल नाराका साथ शान्तिवनवाटिकामा सम्पन्न कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमहरु समेत संचालन गरिएको थियो ।

कार्यक्रममा ७ जना कन्याहरुद्धारा खिचडि खाएर उउद्घाटन गरिएको कार्याक्रममा खिचडि, सेलरोटि तथा अचार तरकारि लगायतको शुद्ध साकाहारि भोजन गराइएको थियो । स्वास्थको लागि शाकहार जस्तो आहार उस्तै व्यवहार भन्ने उदेश्यले शाकाहारलाई प्राथमिकता दिइएको योग प्रशिक्षक लक्ष्मण पौडेलले वताए ।

कार्यक्रममा केन्द्रिय सदस्य तथा धौलागिरी अंचलका प्रहारी नरेन्द्र लालचनले योगका माध्यमवाट स्वास्थ भइने र जिवनम स्वास्थ भए आफै खुसी भइने भएका कारण योग गर्नुपर्नेमा जोड दिए ।त्यस्तै पतंजलि योग केन्द्र कास्कीका निवर्तमान अध्यक्ष दिपकराज सिग्देलले योग ध्यान साधना विना मानिस सुखि हुन नसक्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा योग प्रशिक्षक विद्या गुरुङ, टेकवहादुर गुरुङ, तिर्थप्रसाद अधिकारी, सुष्मा पौडेल, शुसिला वाग्ले, तीर्थप्रसाद अधिकारी लगायतले वोलेका थिए । केन्द्रका अध्यक्ष विष्णुप्साद तिमील्सीनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य लक्ष्मण पौडेल र योग साधिका विनता सापकोटाले गरेका थिए भने कार्यक्रमको संचालन सचिव केदारनाथ अधिकारीले गरेका थिए । कार्यक्रममा साधक तिर्थप्रसाद अधिकारीले गुण विषयमा कविता पाठ गरेका थिए भने कार्यक्रममा लोकदोहरी तथा भजन प्रस्तुत तथा नृत्यहरु समेत प्रस्तुत गरिएका थिए ।

कमेन्टहरु
Loading...