पटका नपड्काउन नागरिक समाज पोखराको ध्यानाकर्षणपत्र

पोखरा, १ कार्तिक /आउँदै गरेको नेपालीहरुको चाड दीपावलीको सन्दर्भ पारेर पोखरामा पटाका आयात हुने, बेचविखन र पड्काउने कार्यलाई रोक्नको लागि विगतका वर्षहरु झैं नागरिक समाज पोखराले आज कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

त्यसै गरि आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव यम प्रसाद पोखरेललाई भेटी हालै प्रदेश सरकारले विभिन्न कार्यक्रमहरुमा माला, खादा र ब्याचको प्रयोग र कार्यक्रममा समय सीमा सम्बन्धी गरेको निर्णयको स्वागत गर्दै पोखराको वातावरण प्रदूषण हुने गरी अत्यधिक धुँवा फाल्ने सवारी साधनलाई व्यवस्थापन गर्न र सडक पेटीमा रोपिएका रुख विरुवाहरुको फेदमा खाली ठाउँ नराखी फेदमै टाँसिने गरी विछ्याइएका ढुङ्गा र ढलानहरु हटाउन पनि अनुरोध गरेको छ ।

उक्त अवसरमा नागरिक समाज पोखराका संस्थापक संयोजक रामबहादुर पौडेल, संयोजक विष्णुहरि अधिकारी, सहसंयोजक इन्द्रकमल मानन्धर, प्रवक्ता ठाकुर प्रसाद बराल, सदस्यहरु कल्याण पन्त, सूर्यनाथ पहारी, विन्ध्येश्वरी बराल, शिवप्रसाद बास्तोलाको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...