पशुवलिप्रथा अत्यका लागि सचेतना ¥यालि

पोखरा,२४,असोज।पशुवलिप्रथा विरुद्ध अभियान मुल आयोजक समितिको आयोजना तथा मानव मिलन नारि जागरण नेपालको संयोजनमा कास्कीका विहीवार पशुवलिप्रथा अत्यका लागि सचेतना ¥यालि प्रदर्शन गरिएको छ । सभागृहचोकदेखि सुरु भएको शान्तिपुर्ण ¥यलि वलिप्रथा अत्य गरौ, धर्मका नाँउमा मन्दिरमा पशु वध गर्नु अज्ञानता हो, सम्पुर्ण पशु पंक्षिको पनि स्वतन्त्रपुर्वक वाच्ने अधिकार छ लगायतका १२ वटा नाराहरु अकिंत प्लेकार्डका साथ न्युरोड,चिप्लेढुङ्गा, महेन्द्रपुल हुदै मानवअधिकारचोकमा पुगि समापन भएको थियो ।

baliविभिन्न धार्मीक ,अध्यात्मिक ,सामाजिक संघसंस्थाका प्रतिनिधीहरु तथा अधिकारकर्मी,टोलविकास समाजका प्रतिनिधीहरु आमा समुहका प्रतिनिधीहरु लगायत मुल आयोजक समितिका सम्पुर्ण सदस्यहरुको सहभागिता रहेको उक्र कार्यक्रमको उद्घाटन परोपकार गुरुकुल आश्रमका वटुकहरुद्धारा शान्तिपाठ गरि गरिएको थियो । कार्यक्रममा सम्पुर्ण सहभागिहरुलाई धन्यवाद दिदै अभियन्ता सुष्मा पौडेलले समाजका कुरितिका रुपमा हरेको पशुवलिप्रथा विरुद्धको अभियानमा सवै एकजुट हुनुपर्ने आवश्यकता औल्याइन् । साथै मानिस भित्रका काम, क्रोध, लोभ, मोह र अहंकार जस्ता पशुभावलाई अत्य गर्नुपर्ने आवश्यकता औल्याउदै कुनैपनि पशुको वध गरेर धर्म नहुने वताइन् ।

कार्यक्रममा मानव मिलन नारि जागरणका अध्यक्ष सावित्रि शर्माले विगतदेखि अहीलेसम्मको गतिविधिका वारेमा जानकारी दिदै स्वागत मंतव्य व्यक्त गरेकि थिइन् भने कार्यक्रमको संचालन सचिव पार्वति पौडेलले गरेकि थिइन् ।

कार्यक्रममा व्रह्मकुमारी इश्वरिय विश्व विद्यालयका नयाँवजार, विरौटा, रामवजार लगायतका चारवटा केन्द्र, मानव धर्म सेवा समिति, स्वामिनारायण धर्मशाला, परोपकार राष्ट्रिय महासंघ जिल्ला कमिटि तथा नगरस्तरिय नारि समुह, संकल्प आमा समुह, कुडहर आमा समुह, महिला विकासका लागि आमा समुहहरु व्यानर सहति उपस्थित भएका थिए भने विगतदेखि मुल आयोजक समितिमा हरेका पंतजलि योग समितिका अध्यक्ष तथा प्रतिनिधी,एनिमल्स राइटका अध्यक्ष तथा प्रतिनिधी, असल शासन संजाल कास्कीका अध्यक्ष तथा प्रतिनिधी, राधेराधेका , भेजिटेरियन सोसाईटिका प्रनिधिी, टोलविकास संस्थाका प्रतिनिधि,विभिन्न धार्मीक संस्थाका प्रतिनिधी, अधिकारकर्मी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

कमेन्टहरु
Loading...