प्रभात आर्टस्द्धारा विद्यालयलाई कम्प्युटर सहयोग

पोखरा, ५ मंसिर /प्रभात आर्टस् पोखराले तँनहु जिल्ला भिमाद नगरपालिका २ खुदेपानी स्थित किहु आधारभुत बिद्यालयलाई आईतवार कम्प्युटर र शैक्षिक सामाग्री प्रदान गरेको छ ।

प्रभात आर्टस् पोखरा २० औ बर्ष पुरा गरि २१ औ बर्ष प्रवेशको अवसरमा सञ्चालकद्धय तिर्थराज सुवेदी र बिन्दुकला सुवेदीबाट बाबा भक्तिप्रसाद सुवेदी तथा आमा कुस्मादेवी सुवेदीको नाममा स्थापीत भक्ति कुस्मा फाउण्डेशनको नामबाटबिद्यालयलाई कम्प्युटर र शैक्षिक सामाग्री प्रदानगरेका छन् ।

किहु आधारभुत बिद्यालयका प्रधानाध्यापक बाबुराम तिमिल्सीना ,बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शुरेशकुमार रानालाई बाबा भक्तिप्रसाद सुवेदी, आमा कुस्मादेवी सुवेदी प्रभात आर्टस्का सञ्चालक तिर्थराज सुवेदी र भाई शंकर सुवेदीलेकम्प्युटर र शैक्षिक सामाग्री प्रदान गरेका छन् ।

सुचना र प्रविधिको विकासँगै विद्यालयमा कम्प्युटरको आवश्यकतालाई मध्यनजर गर्दै कम्प्युटर हस्तान्तरण गरिएको सञ्चालक सुवेदीले बताए ।

कमेन्टहरु
Loading...