समाजसेवा गर्नेलाई देविलाल सापकोटाको स्मृतिमा पुरस्कार प्रदान गर्ने

83

पोखरा, १६ असोज / पोखरा–२५ हेमजाका देविलाल (कलाधर)सापकोटाको स्मृतिमा देविलाल स्मृति अक्षयकोष स्थापना गरिएको छ ।

लायन्स क्लब अफ पोखरा लालिगुराँसको गभर्नस क्लब भिजिट तथा सम्मान कार्यक्रममा स्वर्गीय देविलाल सापकोटाका परिवारले

अक्षयकोष स्थापना गरेका हुन् । स्वर्गीय देविलाल सापकोटाका परिवार श्रीमती हरिकला सापकोटा र छोरा प्रकाशचन्द्र सापकोटाले

१ लाख ११ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गरेका हुन् । लायन्स क्लब अफ पोखरा लालिगुराँसले सञ्चालन गर्ने

अक्षयकोषबाट प्रत्यक वर्ष प्राप्त व्याजले एक जना समाजसेवीलाई सम्मान गरिने छ । पुरस्कारको राशि नगद १०
हजार सम्मान

पत्र र दोसल्ला रहने छ । अक्षयकोषको रकम स्वर्गीय देविलालकी श्रीमती हरिकला सापकोटा र छोरा प्रकाशचन्द्र सापकोटाले लायन्स

क्लब अफ पोखरा लालिगुरासका अध्यक्ष धर्मराज भण्डारी तथा कोषाध्यक्ष ऋषिराम पौडेललाई हस्तान्तरण गरेका थिए ।

वुवाको सम्झना प्रत्यक वर्ष एक जना समाजसेवीलाई सम्मान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको छोरा प्रकाशचन्द्र सापकोटालो

जानकारी दिए ।

‘वुवाले आफ्नो पुरै समय समाजिक क्षेत्रमा नै बिताएकाले सामाजिक क्षेत्रमा काम गरेकालाइ प्रोत्साहन गर्ने गरी सम्मान गर्न यो अक्षयकोष

स्थापना गरेका हौं, पत्रकार समेत रहेका छोरा प्रकाशले भने,‘जो निस्वार्थ सामाजिक क्षेत्रमा कटिवद्ध भएर काम गरेको छ त्यस्ता व्यक्तिलाई

यो अक्षयकोषको व्याजबाट प्राप्त रकमले सम्मानित गरिने छ ।’ अक्षयकोषको रकम वृद्धि गर्दै लैजाने छोरा प्रकाशले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब अफ ३२५ वि वान वर्ष २०१८–१९ का डिष्ट्रिक गर्भनर अशोक कुमार श्रेष्ठले अक्षयकोषले सामाजिक

क्षेत्रमा काम गर्ने व्यक्तिलाई पे्ररित गर्ने बताए ।

‘लायन्स क्लब पनि सामाजिक क्षेत्रमा नै काम गर्ने संस्था भएकोले यो अक्षयकोषको उद्देश्य पनि क्लब सँग मेल खान गएको छ’,श्रेष्ठले भने,‘ निस्वार्थ

सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई सम्मान गर्ने जुन उद्देश्य अक्षयकोष स्थापना गर्नु भएको छ उहाँहरुलाई म डिष्ट्रिकको तर्फबाट आभार व्यक्त

गर्दछु ।’

आफ्नो कार्यकालको पहिलो क्लब भिजिट कार्यक्रम नै लायन्स क्लब अफ पोखरा लालिगुरासबाट भएको बताउदै क्लबले
गरेको काम

सराहनिय रहेको उल्लेख गरे ।

कार्यक्रममा क्लबका स्थायी सदस्यलाई स्थायी सदस्यताको प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा लायन्स क्लब अफ पोखरा

लालिगुरासका संस्थापक अध्यक्षत तथा डिष्ट्रिकका कमिटि चियर पर्सन केशवशरण पौडेलले क्लबको स्थापनाकाल देखिका गतिविधिका वारेमा

जनकारी गराएका थिए । कार्यक्रममा लायन्स क्लब अफ पोखरा लालिगुरासका अध्यक्ष धर्मराज भण्डारी, सचिव कपिलदेव शर्मा, कोषाध्यक्ष ऋषिराम

पौडेलले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा कमिटी सेक्रटरी राम वसेल, चिफ एडभाइजर धु्रव श्रेष्ठ, सिनियर एडभाइजर

एकनारयण शर्मा, रिजन चियर पर्सन मोतिराज तिमिल्सिना, जोन चियर पर्सन लक्ष्मी बरालले बोलेका थिए ।

लायन्स क्लब अफ पोखरा लालिगुरासका अध्यक्ष धर्मराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष मिनराज तिमिल्सिनाले

स्वागत तथा द्धितीय उपाध्यक्ष भरतराज अधिकारी र सचिव कपिलदेव शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...