सिआईएस पत्रकारीता पुरस्कार पत्रकार ढकाललाई

पोखरा, २७ साउन /सामुदायिक सुचना समाज, पोखराले सुचनाको हक वा सुसासनका क्षेत्रमा कलम चलाउने पत्रकार लाई प्रदान गर्ने सिआइएस पत्रकारीता पुरस्कार २०७५ युवा पत्रकार प्रकाश ढकाललाई प्रदान गरिने भएको छ ।

पोखराको आदर्शसमाज राष्ट्रियि दैनिकमा कार्यरत पत्रकार ढकाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य हुन ।

पत्रकार यदुनाथ बन्जरा, माधब पनेरु र प्रेम नेपाली रहेको प्रतिभा छनौट समितिले गरेको सिफारिसका आधारमा पत्रकार ढकाललाई पुरस्कार प्रदान गर्ने र्निणय भएको सामुदायिक सुचना समाज, पोखराका महासचिव राजेन्द्र शर्माले जानकारी दिए ।

११ हजार १ सय ११ रुपैयाँ राशिको पुरस्कार भदौ दोस्रो साता पोखरामा एक बिषेश कार्यक्रमको आयोजना गरी उक्त पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

यो पुरस्कारबाट सराङकोट साप्ताहिकका प्रधानसम्पादक यदुनाथ बन्जरा, पत्रकार कमल पौडेल (अथक) पुरस्कृत भैसकेका छन ।

कमेन्टहरु
Loading...