युवा पत्रकार सापकोटा सम्मानित

पोखरा, माघ २५ । भुमेश्वर निम्न माध्यमिक विद्यालय धिताल–८ अस्तामले युवा पत्रकार प्रकाशचन्द्र सापकोटालाई सम्मान गरेको छ । विद्यालयको गतिविधिलाई सञ्चार जगतमा मिडियामार्फत जनमानसमा सुुसूचित गरी महत्वपूर्ण योगदान पु¥याएको भन्दै सापकोटालाई सम्मान गरिएको हो । सापकोटालाई कार्यक्रमका प्रमुख अतिथि कम्युनिटी सपोर्ट गु्रपका अध्यक्ष मनोज गुरुड्ड र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वराज अधिकारीले सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरेका थिए ।

युवा पत्रकार प्रकास सापकोटा सम्मानित
युवा पत्रकार प्रकास सापकोटा सम्मानित

उक्त अवसमा सापकोटालाई लग्डअन फाउण्डेशन अष्ट्रेलियाले पनि कृतज्ञता पत्र प्रदान गरेको थियो । लोग्डअन फाउण्डेशन अष्ट्रेलियाले नेपालमा गरेको शैक्षिक गतिविधिलाई प्रचार–प्रसारका माध्यमबाट महत्वपूर्ण भूमिका खेलेको भन्दै कृतज्ञता पत्र प्रदान गरेको हो । उक्त कृतज्ञता पत्र कार्यक्रमका प्रमुख अतिथि कम्युनिटि सपोर्ट ग्र्रुपका अध्यक्ष मनोज गुरुड्ड, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा लोग्डअन फाउण्डेशनका क्युनिटि तथा मिडिया रिलेशन प्रमुख विश्वराज अधिकारी र भुमेश्वर निम्न माविका कम्प्युटर व्यवस्थापन समितिका अध्यक्ष राजु परियारले संयुक्त रुपमा प्रदान गरेका थिए ।

त्यसैगरी कार्यक्रममा विद्यालयमा लामो समयसम्म रहेर योगदान गर्ने पूर्व अध्यक्ष तथा पूर्व प्रध्यानाध्यापकहरुलाई समेत सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा जिनजिन डिष्ट्रिक हाईस्कूलका भूतपूर्व प्रिन्सिपल वेरी वु्रमफिल्ड, विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष भिमप्रसाद अधिकारी, पूर्व अध्यक्ष नित्यानन्द त्रिपाठी, पूर्व अध्यक्ष दयाराम बाँस्तोला, पूर्व प्रध्यानाध्यापक माधवशरण बाँस्तोला, पूर्व प्रधानाध्यापक वुद्धिसागर अधिकारी र अन्नपूर्ण एको भिलेज अस्तामका प्रोपाईटर तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष शिवलाल अधिकारी रहेका छन् । उनीहरुलाई पनि सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।तस्वीर सौजन्य ः दुर्गाप्रसाद पौडेल

कमेन्टहरु
Loading...