सिआइएस पत्रकारिता पुरस्कारबाट ढकाल पुरस्कृत

पोखरा, ४ भदौ/ सामुदायिक सूचना समाज (सिआइएस) पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार प्रकाश ढकाल पुरस्कृत भएका

छन् । ११ औं राष्ट्रिय सूचना दिवस अवसरमा सोमबार आयोजित समारोहमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त

कृष्णहरि बाँस्कोटा, सिआइएस कास्कीका अध्यक्ष दीपक आचार्य, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, प्रतिभा छनोट

समिति संयोजक यदुनाथ बञ्जारा लगायतले उनलाई नगद ११ हजार १ सय ११ रुपैयाँ सहित सम्मानपत्र अर्पण गरे ।

सूचनाको हकमा पत्रकारितामार्फत उल्लेख्य योगदान पु¥याएकोमा प्रतिभा छनोट समितिको सिफारिसमा ढकाललाई सिआइएसले

अनुमोदन गरेको थियो । पत्रकार यदुनाथ बञ्जाराको संयोजकत्वमा छनोट समिति सदस्य पत्रकार प्रेम नेपाली र माधव पनेरु थिए ।

यसअघि सो पुरस्कारबाट पत्रकार बञ्जारा र कमल पौडेल (अथक) सम्मानित भैसकेका छन् ।

पुरस्कृत पत्रकार ढकाल हाल आदर्श समाज दैनिकमा संवाददाता र अनलाइन ‘डिएनएन नेपाल’ मा सम्पादक छन् । गोरखा घर

भएका ढकाल १० वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । १९ वर्षकै उमेरदेखि पत्रकारिता थालेका ढकालले चितवनको हाम्रो

एफएमबाट पत्रकारिता सुरु गरेका हुन् । यसअघि उनले दरौदी दैनिक, सुरुवात दैनिक, हाम्रो गोर्खा सन्देश लगायत पत्रिकामा

निरन्तर लेख तथा समाचार लेखेका थिए भने गोर्खा ध्वनी साप्ताहिक, गोरखकाली एफएम, रेडियो तरंग, उज्यालो ९० नेटवर्क,

आविष्कार दैनिकमा काम गरिसकेका छन् ।

पुरस्कृतपछि पत्रकार ढकालले

सूचनालाई समाजमा पु¥याउने काम पत्रकारले गर्ने भन्दै सरोकारवाला निकायबाट तत्कालै सूचना

उपलब्ध गराउने अवस्था सिर्जना गर्नुपर्ने बताए । उनले कार्यालयमा निवेदन दिइसकेपछि अहिलेको एक हप्तादेखि १५ दिनसम्म

सूचना कुर्नुपर्ने व्यवस्था परिमार्जन गर्दै समाचारको मर्मअनुरुप छिटोभन्दा छिटो सूचना उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन् ।

पुरस्कृत प्रतिभाबारे छनोट समिति संयोजक पत्रकार बञ्जाराले जानकारी दिँदै गत वर्ष भएका तीन चरणका चुनावमा अहोरात्र

निरन्तर सूचना सम्प्रेषण गरेका पत्रकार ढकालले समाचारको मर्मलाई ख्याल गर्ने गरेको बताए । साथै उनले स्थानीय सरोकार,

जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा कलम चलाएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सूचना पत्रकारका लागि नभई समाजका लागि भएकोले सहज

रुपमा सूचना उपलब्ध गराउन आग्रह गरे । ‘पत्रकारले आफ्ना लागि सूचना लिने होइन, समाजका लागि लिने सूचनामा अफ्ठ्यारो

बनाउनुपर्ने कारण छैन’ उनले भने, ‘सके आफै सूचना प्रकाशन गर्ने वातावरण मिलाउनुस् नभए पनि प्रविधिमैत्री बन्नुपर्छ ।’

यस्तै, उत्कृष्ट सूचना अधिकारी अवार्डबाट डिभिजन वन कार्यालय, कास्कीका सहायक वन अधिकृत नवीन विश्वकर्मा सम्मानित

भए । उनलाई ५ हजार ५ सय ५५ रुपैयाँ सहित सो अवार्ड प्रदान गरियो । बागलुङका ४४ वर्षीय बिक २०६१ देखि सेवामा प्रवेश

गरेका थिए । सर्वसाधारणले मागेको सूचना उपलब्ध गराई सूचना प्रवाह कार्यलाई चुस्त दुरुस्त पारेका बिकले कास्कीका सहायक

प्रजिअ गंगाबहादुर क्षेत्री, ध्रुव रिजाल र राजेन्द्र शर्मा रहेको अनुगमन तथा मूल्यांकन समितिको सिफारिसमा सम्मानित भएका हुन्

। पुरस्कृत प्रतिभाको परिचय राजेन्द्र शर्माले दिएका थिए । यसअघि सो अवार्ड गजुसिद्धि बज्राचार्य र दीपेन्द्र ढकाललाई दिइएको थियो ।

यसैगरी

सिआइएस आइटी अवार्डबाट पोखराको ला–ग्राण्डी इन्टरनेशनल कलेजमा अध्ययनरत् दिनेश थापा, रोशन पौडेल,

सञ्जीव शर्मा र सुविन भण्डारी सामूहिक रुपमा सम्मानित भए । उनीहरुलाई अवार्ड सहित ५ हजार ५ सय ५५ सय ५५ र

सम्मानपत्र प्रदान गरिएको सिआइएसका सूचना अधिकारी माधव पनेरुले बताए । उनीहरुले डुंगामा जिपिएस जडान गरी

सम्भावित दुर्घटना न्यूनीकरण गर्न तत्काल सूचना प्रवाहमा मद्दत गर्ने प्रविधि विकास गरेका छन् । सो अवार्ड छनोटमा इञ्जिनियर

किरण केसी, युवराज पौडेल र राजेन्द्र शर्मा थिए । यसअघि विनोद गिरी र विराज भण्डारी सम्मानित भैसकेका छन् ।

कार्यक्रममा प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकको प्रचलनबारे कार्यक्रममा उपस्थित विभिन्न सरकारी

कार्यालयका सूचना अधिकारी, पत्रकार र विभिन्न संघसंस्थाका प्रतिनिधिलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा कास्कीका प्रजिअ चक्रबहादुर बुढा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, अख्तियार

दुरुपयोग अनुसन्धान आयोगका क्षेत्रीय प्रमुख काशीराज दाहाल, संचारकर्मी उमा आले लगायत बोलेका थिए ।

कमेन्टहरु
Loading...