प्रजातन्त्रवादी प्राध्यापक संघको अध्यक्षमा तिमिल्सिना

पोखरा, ११ असोज । पब्लिक क्याम्पस प्रजातन्त्रवादी प्राध्यापक संघ जनप्रीय क्याम्पस इकाईको पाँचौं अधिवेशनले बेदहरि तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

संघको उपाध्यक्षमा दिनानाथ लामिछाने, सचिवमा शिलु चालिसे, सहसचिवमा हरिहर बराल, कोषाध्यक्षमा दिव्यालक्ष्मी चालिसे छन् । त्यस्तै सदस्यहरूमा नारायणप्रसाद पौडेल, गोपाल बराल, मेखराज पौडेल, दर्शनराज पौडेल, ध्रुवराज पौडेल, कर्णबहादुर बस्नेत छन् ।

अधिबेशनको उद्घाटन गर्दै प्रजातन्त्रवादी प्राध्यापक संघका पूर्व केन्द्रीय सचिव एवम् नेपाली काँगे्रसका महासमिति सदस्य देबराज चालिसेले लोकतन्त्रको रक्षाका लागि प्राध्यापकहरूको भूमिका महत्वपूर्ण हुने बताए ।

उक्त अवसरमा निबृत्त प्राध्यापक बुद्धिसागर बराल, संस्थाका पूर्व अध्यक्ष पितृराज बास्तोला, संघर्ष डिजिटल प्रालीका निर्देशक तथा सञ्चालक किरणबाबु बराल, प्राध्यापकहरू दिब्या लक्ष्मी चालिसे, हरिहर बराल, नरेश बराल लगायतलार्ई सम्मान गरिएको थियो । कृष्णबाबु बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रको सञ्चालन शिलु चालिसे तथा स्वागत दिव्य लक्ष्मी चालिसेले गरेकी थिइन् ।

कमेन्टहरु
Loading...