मोवाईल वितरक संघ प्रदेश ४ को अध्यक्षमा शिवराज पहारी

पोखरा, ५ जेठ/नेपाल मोवाईल वितरक संघ प्रदेश नम्बर ४ को अध्यक्षमा शिवराज पहरी चयन भएका छन । शनिबार पोखरामा भएको संघको प्रथम अधिवेशनले पहारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा सुशील कुमार गुरुङ, सचिव जिवन ढुंगाना, कोषाध्यक्ष दिनेश श्रेष्ठ, सह–सचिव बिनोद केसी, प्रदेश संयोजक एवं केन्द्रिय प्रतिनिधि मनोहर श्रेष्ठ रहेका छन । संघको सदस्यहरुमा सुनिल श्रेष्ठ, मुक्तिनाथ त्रिपाठी, नवराज बराल, ओम प्रकाश गौतम, दिपक कोईराला र केशब पराजुली छन । यस अघि नेपाल मोवाईल वितरक संघ पश्चिमाञ्चल रहेकोमा अधिबेशनबाट संघ प्रादेशिक संरचनामा गएको हो ।

संघको प्रथम अधिवेसनको उद्घघाटन गर्दै प्रदेश नम्बर ४ का आर्थिक मामिला तथा योजना विकास मन्त्री किरण गुरुङले ५ बर्ष भित्र कुना कुनासम्म गुणस्तरिय टेलिकम सेवा पुग्नु पर्ने बताए । मन्त्री गुरुङले हरेक स्थानिय निकायमा बैंकिङ पहँुच पुर्याउनु पर्नेमा जोड दिए । प्रदेश नम्बर ४ को आर्थिक विकासको मुख्य आधार पर्यटन भएको उल्लेख गर्दै मन्त्री गुरुङले अतिथि देवः भवः अभियान सुरु गर्नुपर्ने बताए । प्रदेश सरकार हाल शुन्यबाट अघि बढेकोले सवै निजी क्षेत्रसंगको सहकार्यमा आफुहरु अघि बढ्ने मन्त्री गुरुङले बताए ।

५ बर्ष भित्र २५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएकोमा त्यसको पुर्वाधार निमार्णको काम भने तत्काल सुरु गर्नुपर्ने मन्त्री गुरुङको भनाई छ। नेपाल उद्योग बाणिज्य संघ प्रदेश नम्बर ४ का अध्यक्ष संजिव बहादुर कोइृरालाले केहि बैंक तथा विक्तिय क्षेत्रमा सिण्डीकेट रहेको दाबी गरे । पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले बैंक तथा वित्तिय संस्थाले मनपरी ढंगले व्याजदर बढाउदा व्यवसायीलाई मर्का परेको गुनासो गरे । कार्यक्रमा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्ष ओमबहादुर राना, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, संघका केन्द्रिय अध्यक्ष दिनेश चुल्याजु लगायतले बोलेका थिए । संघ पश्चिमाञ्चलका अध्यक्ष शिवराज पहारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कमेन्टहरु
Loading...