प्रदेश ४ को दोस्रो अधिबेशन सुरु

पोखरा, १६ जेठ/प्रदेश ४ को दोस्रो अधिवेशन (वर्षे अधिवेशन) बुधबार देखी सुरु भएको छ । प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले पठाएको अधिवेन आव्हान सम्बन्धी पत्र पढेर उपसभामुख सृजना शर्माले सदनमा सुनाएकी दिइन् ।

बजेट अधिवेशनका रुपमा चिनेने अधिवेसनमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश आकस्मिक कोष सम्बन्धी प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको विधेक संसदमा प्रस्तुत गरेका छन् । त्यसै गरि गुरुङले नै प्रदेश आर्थिक कार्वविधि संशोधनका लागि पेस गरेका छन् ।

त्यसै गरी आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले स्थानीय तहको कानून निर्माण पक्रिया सम्बन्धी विधेक पेस गरेका छन् ।
बुधबारै बसेको दोस्रो बैठकमा संसदहरुले विधेकमा संशोधन राखेका छन् । प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी विरामी भई उपचाररत रहेका कारण उपसभामुख सभा सृजना शर्माले सभा सञ्चालन गरेकी थिइन् ।

कमेन्टहरु
Loading...