प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्यहरुको सपथ आइतबार

पोखरा, ५ माघ/प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्यहरुको सपथ माघ ७ गते आइतबार हुने भएको छ । नवनियुक्त प्रदेश प्रमुखहरुले सपथ लिएलगत्तै प्रदेशसभा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम तय गरेको हो ।

प्रदेश प्रमुखहरुले शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका थिए ।
प्रदेश नम्बर ४ का जेष्ठ सभासदस्यलाई आइतबार विहान ९ बजे सपथ लिने कार्याक्रम तय भएको जिल्ला प्रशासन कार्यालय कास्कीले एक विज्ञप्ती प्रकाशन गरि जानकारी दिएको छ ।

जेष्ठ सदस्यलाई प्रदेश प्रमुख बाबुराम कुबँरले प्रदेश प्रमुखको कार्यालय पोखरा ७ पार्दीमा सपथ दिने छन् । त्यस पछि अन्य सदस्यले जेष्ठ सदस्यबाट साविकको नगर प्रशिक्षण कार्यालयमा १० बजे सपथ लिने कार्याक्रम तय भएको छ ।

कमेन्टहरु
Loading...