प्रदेश नम्बर ४ का संसदलाई आइतबार सपथ (यस्तो छ तयारी)

पोखरा, ६ माघ/प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्यहरुको सपथ माघ ७ गते आइतबार लिने कार्याक्रम तय भएको छ । नवनियुक्त प्रदेश प्रमुखहरुले सपथ लिए लगत्तै प्रदेशसभा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम तय गरेको हो ।

प्रदेश नम्बर ४ का प्रदेश प्रमुख बाबुराम कुबँरले शनिबार दिऊसो पोखरा आएक पुगेका छन् । उनले आइतबार प्रदेश नम्बर ४ को कार्यालयमा पोखरा पार्दीमा विहान ८ बजे पद बाहाली गर्ने कार्याक्रम तय भएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।

त्यस पछि विहान ९ बजे प्रदेश नम्बर ४ का जेष्ठ सभासदस्य जनकलाल श्रेष्ठले प्रदेश प्रमुख सगँ सपथ लिने छन् । श्रेष्ठ नवलपुर क्षेत्र नम्बर २ ख बाट प्रत्येक्ष निर्वाचीत भएका हुने ।

त्यस पछि अन्य प्रदेश सभासदस्यलाई श्रेष्ठले साविकको नगर प्रशिक्षण कार्यालयमा १० बजे सपथ लिने कार्याक्रम तय भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । आइतबार सपथ लिने कार्याक्रम भए पनि दुबै भवनमा शनिबार दिन रंग लागउने, सरसफाई गर्ने लगाएतका काम राती सम्म पनि भइरहेका छन् । प्रदेश नम्बर ४ मा प्रत्यक्ष तर्फ ३६ र समानुपातिकमा २४ गरि ६० जना सभासद् छन् ।

कमेन्टहरु
Loading...