प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी वाथरुममा लड्दा बेहोस

पोखरा, २८ वैशाख /प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी उनी बस्दै आएको क्वाटरमा लड्दा बेहोस भएका छन् ।

बाथरुममा लडेरका उनको टाउकोमा चोट लागेको छ । बाहिरी चोट नदेखिए पनि टाउकोमा रगत जमेपछि उनको उपचारका लागि काठमाडौ लैजाने तयारी भईरहेको जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैन बहादुर क्षेत्रीले जानकारी दिए ।

उनले अधिकारीलाई फेवासिटी अस्पतालमा उपचारका लागि लगिएको र सिटीस्क्यान गर्दा रगत जमेको देखिएको बताए । उपचारका लागि काठमाडौ लैजान हेलीकप्टर बोलाए पनि एक घण्टा भई सक्दा नआएको बताए ।

अधिकारीलाई थप उपचारका लागि मणिपाल अस्पतालमा लैजाने तयारी भईरहेको उनको भनाई छ ।

कमेन्टहरु
Loading...