नेत्रनाथ अधिकारी प्रदेश ४ को सभामुखमा निवार्चित

सुमन ढुंगाना
पोखरा, ४ फागुन /प्रदेश नम्बर ४ को सभामुखमा नेत्रनाथ अधिकारी निवार्चित भएका छन् । बिहीबारको संसदको बैठकमा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानको प्रस्ताव र एमाले सांसद किरण गुरुङको समर्थनमा अधिकारी सभामुखमा निर्वा्चित भएका हुन् ।

पर्बत जिल्ला प्रदेश निर्बाचन क्षेत्र क बाट निर्बा्चित माओबादी सांसद अधिकारीले सभामुखमा निर्बा्चित भए लगत्तै संचारकर्मीसंग कुरा गर्दै संबिधानले ब्यबस्था गरे बमोजिम, सबै राजनीतिक दल र सबै सांसदको सहयोगमा प्रदेश सभालाई अगाडी बढाउने बताए ।

संसद सचिबालयले बुधबार सभामुखको उमेदबारको मनोनयन दर्ता गर्ने तालिका सार्बजनिक गरेपछि अधिकारीको मात्र मनोनयन दर्ता भएको थियो । ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले सभामुखमा अन्य उमेदवारी दर्ता नपरेकोले अधिकारीको नाम निर्णयार्थ प्रस्तुत गरेका थिय ।

अधिकारी सभामुखमा निर्बा्चित भए संगै ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठको सभामुखको जिम्बेवारी स्वतः समाप्त भएको छ । संसद बैठक १२ मिनेट मात्रै बसेको थियो । फागुन ४ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँगै सभामुख अधिकारीको सपथ ग्रहण गरिने छ । फागुन ६ गते बस्ने प्रदेश सभाको तेश्रो बैठकले उपसभामुख चयन गर्नेछ ।

कमेन्टहरु
Loading...