प्रदेश ४ मुख्यमन्त्री, सभामुख र मन्त्रीको शपथ ग्रहण

पोखरा, ४ फागुन /प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शपथ लिँदैछन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँगै सभामुख नेत्रनाथ अधिकारीले पनि आजै शपथ लिए । गुरुङलाई शुक्रबार प्रदेश ४ का प्रदेश प्रमुख बाबराम कुबँरले शपथ गराएका हुन् ।

आईतबार संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका गुरुङलाई सोमबार प्रदेशप्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । त्यसपछि बुधबार नै शपथ ग्रहणको कार्यक्रम राखिएकोमा गुरुङकी कान्छीआमाको निधन भएपछि शपथ दुई दिन पछि सरेको थियो । अधिकारी बिहीबार मात्रै सभामुखमा निर्वाचित भएका थिए । शपथ प्रदेश प्रमुखको निवास रत्नचोकमा भएको हो ।

मुख्यमन्त्री गुरुङले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रामशरण बस्नेतलाई शपथ गराएका छन् । उनी एमालेका तर्फबाट गोर्खाका सांसदबाट सांसद बनेका हुन् ।

कमेन्टहरु
Loading...