प्रदेश ४ को नाम र राजधानी राख्ने सम्बन्धमा छलफल सुरु

पोखरा, १० असार /प्रदेश ४ को नाम र राजधानीको नाम सम्बन्धमा आइतबार प्रदेश सभा छलफल शुरु भएको छ । प्रदेश सभाको बैठकमा आज प्रदेशको नाम र राजधानी सम्बन्धमा प्रस्ताव प्रस्तुत भएको छ ।

प्रतिवेदन प्रति प्रस्ताव संशोधन पेश गर्नका लागि  प्रदेश सभा  निवावली २०७४ को नियम ७५ बमोजिमको सुचना  प्रदेश सभा सचिवालयमा  पेश गर्न समय दिईएको छ । जेठ २१ गते सभा समक्ष प्रस्तुत भएको प्रदेश राजधानी तथा नामाकंन विषय समितिको प्रतिवेदन सांसद विन्दुकुमार थापाले टेवुल गरेका थिए ।

प्रतिवेदन अनुसार पहिलो प्राथमिकतामा गण्डकी नाम राखिएको छ भने दोस्रोमा तमुवान–मगरात, तेस्रोमा गोरखा र चौथोमा धवलागिरी नामको प्रश्ताव रहेको छ । प्रदेश सभाको बैठक १७ गते १ बजे बस्ने छ ।

प्रदेशको नाम तमुवान मगरात हुनुपर्ने माग राख्दै तमुवान मगरात संयुक्त संघर्ष समितिले पोखराको नदीपुरमा धर्ना दिएको थियो ।

 

कमेन्टहरु
Loading...