प्रदेश ४ का मुख्यमन्त्री गुरूङ दुई विद्यार्थीका अभिभावक

पोखरा, २ बैशाख/प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुृई बालबालिका अभिभाव बनेका छन् । गुरुङले पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ मासबारस्थित श्रीकृष्ण माविमा एक कक्षाका ५ वर्षीय शिला जिरेल र अभिषेक नेपालीको भर्ना गर्दै अभिभावकत्व ग्रहण गरेका हुन् ।

भर्ना गरिएका विद्यार्थीमध्ये जिरेलका अभिभावक रन्जित जिरेल र शान्ति जिरेल दोलखामा भूकम्पले घर भत्किएपछि पोखरामा मजदुरी गर्दै आएका छन् । त्यसै गरि दरोसिरुवारी घर भई हाल पोखरा बस्दै आएका नेपालीका बुबा दिपक नेपाली दीर्घरोगी छन् भने आमा कल्पना मजदूरी गरी घर खर्च चलाउदै आएका छन् ।

राष्ट्रिय भर्ना अभियान, २०७५ को आइतबार शुभारम्भ गर्दै उनले सरकारी विद्यालयको शिक्षमा सुधार ल्याउन अभिभावकहरु पनि लाग्नु पर्ने बताए । उनले दुबै विद्यार्थीलाई उनिहरुले पढे सम्म आफ्नो खर्चमा पढाउने बताए । कार्यक्रममा उपजिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले गुणस्तरीय बनाउन सरकारी विद्यालय सुधार गर्नु सबै लाग्नु पर्ने बताए । महानगरपालिका ७ का वडाध्यक्ष रामचन्द्र बरालले भर्ना अभियानले सरकारी विद्यालयमा विद्यार्थीको संख्या ह्वातै बढेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारीले विद्यालयमा कक्षा ८ सम्म अंग्रेजी माध्यममा पढाइ सञ्चालन भएको र कक्षा १० सम्मै अंग्रेजी शिक्षा बनाउने बताए । विद्यालयका प्रध्यानध्यापक केदारनाथ अधिकारीले विद्यालयमा ४ सय बढि विद्यार्थी भएको बताए । उनले नयाँ विद्यार्थी भर्ना अन्तरगत ६० जना विद्यार्थी भर्ना भएको बताए ।

कमेन्टहरु
Loading...