प्रदेश ४ को वर्षे अधिवेशन आव्हन

पोखरा, ८ जेठ /प्रदेश ४ का प्रदेश प्रमुख बाबु राम कुँवरले जेठ १६ गतेबाट प्रदेश सभाको दोस्रो अधिवेशन (वर्षे अधिवेशन) आह्वान गरेका छन् ।

प्रदेश सरकार मन्त्रीपरिषदको सिफारिसका आधारमा जेठ ८ गते सोमबार प्रदेश प्रमुख कुँवरले जेठ १६ गतेबाट दोस्रो अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका उपसचिव जीवन कुमार राइले जानकारी दिए ।

प्रदेश नं. ४ मुख्यमन्त्री तथा मन्त्री परिषद्को जेठ २ गते बसेको बैठकले प्रदेश प्रमुखलाई दोस्रो अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय पारित गरेको थियो ।

मन्त्रीपरिषद्को कार्यालयले जेठ ७ गते सोमबार प्रदेश प्रमुखको कार्यालयमा अधिवेशन आह्वान गरिदिने पत्र पठाएको थियो । प्रदेश प्रमुखले संविधानको धारा १८३ बमोजिम सभाको अधिवेशन आह्वान र अन्त्य गर्नुपर्ने प्रावधान छ ।

कमेन्टहरु
Loading...