समानुपातिकको २६ सिट बैद्यलाई दिन तयार –प्रचण्ड (भिडियो सहित)

सागर राज तिमिल्सिना
पोखरा १५ कार्तिक/आफुबाट चोईटिएर गएको बैद्य समुहलाई सहमतिमा आउन भन्दै बेला बेला कुनै न कुनै पासा फाल्ने गरेका एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुन ः नया सर्त अघि सारेका छन् । अझैपनि सहमतिमा आउने भए सरकारबाट मनोनित हुने समानुपातिकको २६ सिट पुरै दिन तयार रहेको बताएका छन् ।

prachandaयसअघि सुदुरपश्चिम भ्रमणको क्रममा उनले ५० सिट माओबादीलाई दिन तयार गरेको भन्दै सहमतिमा आउन आग्रह गरेका थिए । पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘बाकी २६ सिट दिएर अन्य एजेण्डालाई पनि सम्बोधन गर्न सकिन्छ ।’ बार्तामा आएर सहमतिको साथ अघि बढ्न उनले असन्तुष्ट नेकपा माओबादीलाई आग्रह गरे । विबादको बिचबाट हुन लागेको निर्बाचन सम्पन्न भएपनि यसले राम्रो परिणम नदिने आशंका उब्जिएका बेला उनले जसरी पनि नया संबिधान जारी गर्ने बताए ।

देश निर्बाचनमय भैसकेकाले कसैको बन्द हड्तालले निर्बाचनलाई नरोक्ने उनको दाबि छ । मंसिर ४ गतेको निर्बाचन कसैले रोक्न नसक्ने र यहि निर्बाचनबाट बन्ने संबिधानसभाले संबिधान लेख्ने प्रचण्डले ठोकुवा गरे । आफु सहित मुख्य दलका शिर्ष नेतालाई हराउने खेल भैरहेको भन्दै आफुलाई पनि हराउन खेल भैरहेको बताए ।

देश दौडाहाको क्रममा आफुले अनुमति लिएरै हेलिकप्टर प्रयोग गर्दा पनि निर्बाचन आयोगले पत्र काटेको भन्दै उनले आश्चर्य ब्यक्त गरेका छन् । उनले आयोगबाट अनुमति लिएर नै हेलिकप्टर चढेको बताए । त्यसै गरि एनेकपा माओवादी तनहुँले गरेको चुनावी कार्यक्रममा प्रचण्डले जनताले आफ्नो पार्टीलाई बहुमत दिएर देश जिम्मा लगाउन चाहेको दाबि गरेका छन् ।

भिडियो

कमेन्टहरु
Loading...