पोखरामा प्रभुका पाँच वटा हेलिकप्टर, सस्तो प्याकेजमा सेवा प्रदान गर्ने

सागर राज तिमिल्सिना
पोखरा, २५ असार/प्रभु समूह अन्तर्गतको प्रभु हेलिकप्टरले अमेरिकामा निर्मित रविन्सन आर ६६’ दुई वटा नयाँ हेलिकप्टर पोखरा भित्र्याएको छ । पोखरालाई आधार बनाएर सेवा प्रदान गर्दै आएको प्रभु हेलिकप्टर प्रालिले दुई नयाँ हेलिकप्टर सहित पाँच वटाबाट उडान सेवा दिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले अमेरिकाको रविन्सन कम्पनीमा निर्मित दुई वटा हेलिकप्टर खरिद गरी सोमबार पोखरमा परिक्षण उडान भरेको छ । यसअघि पनि प्रभु हेलिकप्टरले रविन्सन कम्पनीमै निर्मित ३ हेलिकप्टरबाट सेवा दिदै आएको थियो । करिब २४ करोडको लागतमा दुईवटा हेलिकप्टर ल्याएको कम्पनीका अप्रेसन म्यानेजर रानेश डङगोलले जानकारी दिए ।

उनले पोखरा र आसपासमा उद्धार, पर्यटकीय स्थलको अवलोकन तथा चार्टर्ड उडानको माग बढ्न थालेपछि कम्पनीले आफ्नो हेलिकप्टरको सख्या पाँच पुर्याएको बताए । उनले पाँच वटा मध्ये दुईवटाले काठमाडौबाट सेवा दिने लक्ष्य रहेको उनले बताए । अहिले पोखराबाट काठमाडौ विरामी लैजान, पर्यटकीय स्थलको साइट सिन गर्न, उद्धार लगाएतम प्रयोग हुदै आएको छ ।

पोखरामा प्रभुका पाँच वटा हेलिकप्टर, सस्तो प्याकेजमा सेवा प्रदान गर्ने
पोखरामा प्रभुका पाँच वटा हेलिकप्टर, सस्तो प्याकेजमा सेवा प्रदान गर्ने

पोखराबाट अन्नपूर्ण बेस क्याम्प, माछापुच्छ्रे बेस क्याम्प, मुक्तिनाथ, लुम्बिनी, पोखरा सहर अवलोकन तथा माउन्टेन फ्लाइटमा यात्रुहरु बढिरहेकाले स्तरीय सेवा उपलब्ध गराउन प्रभु हेलिकप्टरमा लगानी बढाउँदै गएको कम्पनीका एकाउन्टेबल म्यानेजर विनोद थकालीले जानकारी दिए । उनले कम्पनीले हेलिकप्टरमा ५० करोड बढि लागनी गरेको बताए । उनले यो हेलिकप्टर १४ हजार फिट उचाइ सम्म पुग्न सक्ने बताए । उनले रोलरोयस आर ३०० टर्वोसफ्ट’ इन्जिन रहेको हेलिकप्टरले ३ घण्टा सम्म निरन्तर सेवा दिन सक्ने बताए ।

हेलिकप्टर थपेपछि सेवा र प्याकेज अरुभन्दा सस्तोमा प्रदान गर्दै आएको हेलिकप्टरका स्टेसन म्यानेजर तथा विजनेस डेभलपमेन्ट म्यानेजर दिनेश मर्हजनले जानकारी दिए । उनले साथीभाइ मिलेर घुम्न जाउँका लागि विभिन्न प्रकारका प्याकेज भएकोा बताए । उनले पोखरा शहर, पन्चासे, घान्दुक, पुनहिल, अन्नपूर्ण बेस क्याम्प लगाएतका प्याकेज बनाएको बताए ।

विदेशी पर्यटक, आन्तरीक पर्यटक घुम्न जाने क्रम बढि रहेको उनले बताए । कम्पनीसँग अहिले रविन्सन अमेरिकन हेलिकप्टर आर ४४ रेभन एक र आर ६६ ट्वाइन चारवटा छन् । आर ४४ मा तीन जना र आर ६६ मा चार जना बसेर उठान गर्न मिल्छ । हेलिकप्टरमा विनोद थकाली, रानेश डङगोल, देविप्रसाद भट्टचन, इच्छाबहादुर डङगोलको लगानी रहेको छ ।

कमेन्टहरु
Loading...