प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको शपथ सर्यो

पोखरा, १ फागुन /प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको शपथ सरेको छ । बुधबार दिउँसो २ बजे हुने भनिएको शपथ २ दिनपछि सरेको छ ।

कान्छीआमाको निधन भएपछि शपथ शुक्रबार बिहान १० बजे हुने प्रदेशप्रमुखको कार्यालयले जनाएको छ । गुरुङलाई सोमबार प्रदेश प्रमुख बाबुराम कुवँरले मुख्यमन्त्रीको रुपमा नियुक्त गरेका थिए ।

बहमुतसहितको हस्ताक्षर बुझाएर उनी मुख्यमन्त्री बनेका हुन् । गुरुङ यतिबेला काठमाण्डौंमा छन् ।

कमेन्टहरु
Loading...