पूर्वयुवराज पारस चढेको गाडी पोखरामा दुर्घटना, चालक प्रहरी नियन्त्रणमा

पोखरा, १० जेठ/ पूर्वयुवराज पारस शाह चढेको गाडी पोखरामा दुर्घटनामा परेको छ । शुक्रबार राति शाह चढेको बा १४ च २१३१ नम्बरको गाडीले पोखराको पृथ्वीचोकमा सडकमा रहको बाच्छोलाई ठक्कर दिएको हो ।

गाडीको ठक्करले बाच्छो मरेको छ । प्रहरीले सवारी चालक अशोक गुरुङ र गाडी नियन्त्रणमा राखेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।

पूर्वयुवराज शाहलाई शुक्रबार मध्यरातमा छाती दुखेपछि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लैजान क्रममा दुुर्घटना भएको हो । चालक गुरुङ पारसका नियमत चालक नभएर सहयोगी भएको उनले बताए । गाडीमा चालक सहित ३ जना थिए ।

जसमध्ये एक जना स्वास्थ्यकर्मी भएको एसपी कार्कीले बताए । दुर्घटनापछि पारसका सहयोगीले अर्को गाडीमा राखेर अस्पताल पु¥याएका थिए ।

अस्पतालले शाहको स्वास्थ्य परीक्षणपछि अवस्था सामान्य रहेको भन्दै पठाइदिएको थियो । चालकलाई कानुन अनुसार कार्वाही गर्ने कार्कीले बताए ।

कमेन्टहरु
Loading...