पारस खड्काको जन्मदिनमा मुख्यमन्त्री पृथ्वीसुब्बाको गुरुङको सप्राइज

पोखरा, ८ कार्तिक/ अगाडी टेबलमा बर्थ डे केक । वरिपरी क्यान्डल, थरिथरीका बत्ति बलिरहेको छ । नेपथ्यमा मधुर आवाजमा गीत । मान्छेहरुको आवत जावत बाक्लै छ । सबैमा खुसिको रौनक देखिन्छ ।

घडिमा रातको ८ः३० बजाउँनै आँटेको छ । एक्कासि ‘ह्याप्पी बर्थ डे’को स्वरले हल गुञ्जाय मान हुन्छ । एकै छिनपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको हलमा प्रवेश हुन्छ ।

पोखराको विजिबि क्याफेमा नेपाली क्रिकेट टिमका क्याप्टेन पारस खड्काको जन्म दिनको केके काट्ने बेला हुदै थियो । सोही अवसरमा मुख्यमन्त्री गुरुङ अकस्मात् आएर खड्कालाई जन्मदिनको शुभकामना दिए र केके काट्न लगाए ।

खड्काको जन्मदिनलाई विशेष बनाउँने चाजोँपाजोँ क्रिकेट क्लब चितवन राइनोजले मिलाएको थियो । कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक जगत टमटा, चितवन राइनोजका अध्यक्ष राहुल महरा, प्रबन्ध निर्देशक दन्डु शेर्पा, नेपाली राष्टिय टिमका उपकप्ता ज्ञानेन्द्र मल्ल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल, बिजिबि क्याफेका सञ्चालक ज्याक तामाङ लगायतले शुभकाम दिएका थिए ।

खड्का पोखरामा सुरु हुन लागेको ‘पोखराम प्रिमियर लिग’मा सहभागी हुन् पोखरा आएका हुन् ।

कमेन्टहरु
Loading...