दिन दिनै प्याराग्लाइडिङ दुर्घटना भएपछि सोलो उडान बन्द, दुई कम्पनी कार्वाहीमा

सागर राज तिमिल्सिना
पोखरा, २१ फागुन /पोखरामा दिन दिनै प्याराग्लाइडिङ दुर्घटना भएपछि नागरिक उड्डयन प्राधिकरण पोखराले सोलो उडान बन्द गरेको छ । विदेशी पाइलटले तोकिएको क्षेत्र भन्दा बाहिर गएर प्याराग्लाइडिङ गर्दा दुर्घटना बढेको भन्दै कार्यालयले मंगलबार सुचना प्रकाशन गरि उडान बन्द गरेको हो । पछिल्लो तिन दिनमा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
अर्को सूचना जारी नहुँदासम्म उडान बन्द गरीए पोखराका प्रमुख भोला प्रसाद गुरागाईले जानकारी दिए । ‘मनोरञ्जनात्मक उड्डयन नियमावली २०६९ को दफा १७ को व्यवस्था अनुसार प्याराग्लाइडिङ कम्पनीले सञ्चालन प्रमाणपत्र लिन्छन्,’ उनले भने ‘पछिल्लो दश दिनमा २ सय भन्दा बढि सोलो पाइलटले अनुमती लिएका छन्, ति सबैको अनुमती रद गरेका छौ ।’ विदेशी नागरिकले गैरव्यावसायिक उडान भर्न चाहेमा ५ हजार ६ रुपैयाँ शुल्क बुझाउनुपर्छ । उनीहरुले १५ दिनलाई उडान अनुमति पाउँछन् ।

उड्न चाहने विदेशीले नेपालकै कम्पनी मार्फत आवेदन दिनुपर्छ । कम्पनी मार्फत उडान अनुमति लिएका सोलो पाइलटले तोकिएको क्षेत्र र सर्त बमोजिम उडान नगरेको उनले बताए । उनले तोकिएको स्थानमा टेक अफ र ल्यान्डिङ नगर्दा स्वयं पाइलटलाई मात्र नभई हवाइजहाज र हेलिकप्टरसँग पनि ठोक्किन सक्ने सम्भावना रहेकाले रोक लगाएको बताए ।

उनले व्युस्काइ प्याराग्लाइडिङ र फन्टएयर प्याराग्लाइडिङको संचालन अनुमति निलम्बन गरिएको जनाकारी दिए । दुबै कम्पनीकाबाट उठान भरेका पाइलटहरु दुर्घटनामा परेपछि छानविनका लागि निलम्बन गरेको बताए ।

त्यसै गरि पोखरा महानगरपालिकाले प्याराग्लाइडिङ कम्पनीहरुले पोखरा महानगरपालिकालाई कर नतिरेको भन्दै बुधबारबाट सम्पूर्ण उडानमा रोक लगाउने तयारी गरेको छ । प्याराग्लाइडिङ कम्पनीले भने आफूहरु दोहोरो करको मारमा परेको बताउँदै महानगरको कर नतिर्ने बताएउदै आएका छन् ।

प्याराग्लाडिङ दुर्घटनामा परि आइतबार रोमानियाका पाइलट इबि चिसजिर र मंगलबार रसिनय पाइलट DMITVIL STEPANISIN को मृत्यु भएको थियो ।

कमेन्टहरु
Loading...