प्याराग्लाइडिङमा सुरक्षा उल्लंघन गरे कडा कारवाही, चिनिया पर्यटक दुर्घटनामा परेपछि मन्त्रालयको ध्यान गयो

पोखरा, ११ जेठ /प्याराग्लाइडिङ्गका लागि उडान भर्ने कम्पनीहरु माथी अब राज्यले कडा निगरानी गर्ने भएको छ । विशेष गरी धेरै पर्यटक र यात्रुहरु उच्च जोखिममा देखिएपछि संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यस बारे गम्भिर चासो देखाएको हो ।

पोखरामा प्याराग्लाइडिङ्ग उडान भर्ने धेरै चिनिया पर्यटकहरु पटक–पटक दुर्घटनामा परे पछि नेपाल स्थित चिनिया राजदुत आफै मन्त्रालयमा उपस्थित भएर मन्त्रि रबिन्द्र अधिकारी र सचिब कृष्ण देवकोटालाई ध्यानाकर्षण गराएका थिए । चिनिया राजदुत स्वयं उपस्थित भएर शुरक्षा र व्यवस्थापकिय कमजोरी हटाउन आग्रह गरे पछि मन्त्रालयले सचिव स्तरिय निर्णय गर्दै त्यस्तो गरेको पाइएमा प्यराग्लाइडिङ्ग संचालक तथा पाइलट माथी फौजदारी मुद्धा चलाउन परिपत्र गरिएको छ ।

चिनिया राजदुतबासको वेबसाइटमा नै पोखराको प्याराग्लाइडिङ्ग बारे सूचना जारी गर्दै आफ्ना नागरिकहरु उच्च जोखिममा रहेको बताएको छ । सूचनामा धेरै जनाको वहुमुल्य सामान र मोबाइल समेत उडानका क्रममा खस्ने गरेको तथा उडान भर्दा र ल्याण्डिङ्ग गर्दा समेत दुर्घटनामा परेको जनाइएको छ । पोखरामा ६३ कम्पनी बाट दैनिक उडान भर्ने करिब ३ सय देखि ४ सय उडानमा अहिले पनि ५० प्रतिशत चिनिया पर्यटक हुने गरेको नेपाल प्याराग्लाइडिङ्ग तथा ह्याङ्ग ग्लाइडिङ्ग संघ (नेफा)का महासचिब शैलेन्द्र राउतले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय, पोखरा नागरिक उड्डयन कार्यालय, नेफा र नेपाल हवाई खेलकुद संस्थालाई बोधार्थ गरि पठाएको परिपत्रमा प्याराग्लाइडिङ्ग उडान भर्ने कम्पनीको संचालनपत्र वैधता छानविन गर्न र अवैध कम्पनीले उडान भरेमा प्रचलित फौजदारी कानुन अन्र्तगत संचालक तथा पाइलटलाई कारवाही गर्न भनिएको छ । त्यसै गरि परिपत्रमा उडान शुरक्षा लाई दृष्टीगत गरि एक कम्पनीलाई दैनिक दुइ उडान गर्न अनुमती दिइएको छ ।

सो परिपत्र बारे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक ओम रानाले आफ्ना मातहतका सबै प्रहरी कार्यालयहरुमा जानकारी गराइसकेको बताए । परिपत्र अनुसार कुनै पनि कम्पनी वा पाइलटले नियम उल्लघन गरेको पाइएमा तुरुन्तै कारवाही गरी पक्राउ गर्न निर्देशन दिएको समेत उनले बताए । यता जिल्ला प्रशासन कार्यलयले समेत पोखरा नागरिक उड्डयन कार्यालयलाई दैनिक काडा संग अनुगमन गर्न निर्देशन गरेको छ ।

नेपालमा प्याराग्लाइडिङ्गलाई थप व्यवस्थित बनाउन तथा दुर्घटनाको जोखिमलाई न्युनीकरण गर्न संस्कृती तथा पर्यटन उड्डयन मन्त्रालयको सचिबको अध्यक्षता प्याराग्लाइडिङ्ग निर्देशिका तयारी समिती गठन गरिएको छ भने क्यानका हवाई शुरक्षा उपनिर्देशक राजु श्रेष्ठको अध्यक्षतामा ड्राफ्ट कमिटी बनाइएको छ । लामो समय देखि ब्यबसायीले उठाउँदै आएको प्याराग्लाइडिङ्ग निर्देशिका चाँडै नै आउने भएपछि अधिकांश ब्यबसायी खुसी भएको छन ।

पोखरामा प्याराग्लाइडिङ्ग संचालन गर्ने कम्पनीहरु निर्देशिकाको अभावमा विचौलियका कारण मारमा पर्दै आएका छन । कम्पनीहरुले माग गर्दै आएको ‘इविलिङ्ग सिष्टेम’ समेत नहुँदा व्यवसायीहरु मारमा पर्दै आएको बताएका हुन । विचौलियाले एक जना ग्राहक संग १२ हजार सम्म लिने तर व्यवसायीले विचौलिया मार्फत व्यवसाय गर्दा ४ देखि ५ हजार लिने गरेका छन । विचौलिया कारण राज्यको करौडौको कर समेत गुम्ने गरेकोले पनि ‘इविलिङ्ग सिष्टेम’ तत्काल लागु गर्न उनीहरुले आग्रह गरेका छन ।

कमेन्टहरु
Loading...