पोखरामा प्याराग्लाइडिङ दुर्घटना, दुई जना घाइते

पोखरा ३ जेठ /बुधबार पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुदा दुई जना घाइते भएका छन् । विहान भएको उडानको क्रममा दुर्घटना हुदा एक जना नेपाली पाइलट र बंगलादेशी नागरिक घाइते भएका हुन् ।

दिउसो १ बजे पोखरा लेखनाथ महानगरपालीका वडा नं। १८ सराङकोटबाट प्यारागलाईडिङ उडाउने क्रममा दुर्घटना हुँदा पोखरा लेखनाथ महानगरपालीका वडा नं ६ बस्ने ३१ बर्षीय पाइलट सरोज भट्टराई र बंगलादेशी नागरीक वर्ष १२ बर्षीय लामिया अब्दुल्ला घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको फेवासिटी अस्पतालमा उपचार भैरहेको छ ।

कमेन्टहरु
Loading...