पोखराको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलमा विश्वकप फुटबलको रौनक

पोखरा, २ असार /खेलका प्रथामिकता दिएर पोखराको लेकसाइडमा सञ्चालीत प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलले विश्वकप फुटबललाई विशेष प्रथामिकता दिएर देखाउने भएको छ ।

फिफा वल्र्डकप २०१८ का सम्पूर्ण खेललाई विषेश ध्यान दिएर सबै खेलहरु प्रत्येक्ष प्रसारणलाई देखाइ रहेको बारको म्यानेजर हरी पौडेलले जानकारी दिए । फुटबल प्रेमीहरुलाई लक्षित असार ३१ सम्म वल्र्डकपका सम्पूर्ण खेलहरु प्रोजेक्टर र एलइडि टेलिभिजन ११ ठाउँमा देखाउने र दर्शकको माग अनुसार थप गर्दै जाने बताए ।

वल्र्डकप अवधिभर हरेक विशेष छुट प्रदानको समेत व्यवस्था गरेको उनले बताए । बार भित्रको फराकिलो क्षेत्र रहेको र जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन र ठुलो पर्दा मार्फत खेलहरु सबै हेर्न पाइने बताए । उनले बारमा फन्ट, बालकुन्नी, फेवाफन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिङ् र म्युजिक’ रमाउदै फुटबल हेर्न पाइने बताए ।

कमेन्टहरु
Loading...