प्याराडिसो स्पोर्टस् बारमा भ्यालेन्टाईन डेमा रक व्याण्ड कब्वेबले तताउने

पोखरा, १ फागुन /भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस । प्रणय दिवसको अवसर पारेर पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलमा नेपालको प्रसिद्ध रक व्याण्ड कब्वेबका साथ अन्य विशेष कार्यक्रमको आयोजना गरेको छ ।

प्रणय दिवस, फेव्रुरी १४, भ्यालेन्टाईन डे अर्थात प्रणय दिवसलाई विषेश बनाउन विशेष कार्यक्रमको आयोजना गरेको हो । बुधबार साझँ हुने कार्यक्रममा कपल पार्टि हुने प्याराडिसो स्पोट बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिए । उनले नेपाली युवाहरु माझ पनि पछिल्लो समय प्रणय दिवस लोकप्रिय बन्दै गएको बताउदै युवायुवती अझ विषेश बनाउन कार्यक्रम आयोजना गरेको बताए । उनले जोडी र युवतीलाई प्रबेश शुल्क नलाग्ने बताए ।

२५ वर्षिय चर्चित रक कब्वेब व्याण्डले हिट रक एल्वमहरु, मर्सिडिज बेन्ज, रोलिङ स्ट्रिङ, रक एण्ड रोल, स्विङ जस्ता चर्चित एल्वमहरुका गित गाउने छ । त्यसै गरि डिजे भ्यालेन्टाईन, डिजे लभ र सधै जस्तै बारका कलाकारको विशेष प्रस्तुती रहने उनले जानकारी दिए । पार्टी साझँ ७ देखि सुरु हुने पार्टीमा राती सम्म चल्लने छ । ‘फुड, ड्रिङ् र म्युजिक’ स्लोगन सहित खेलकुद तथा परिवारीक वातावरण चाहानेका लागि चर्चित रहको छ ।

बार भित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्न पाइने व्यवस्था मिलाएको उनले बताए । उनले बार भित्रै पुल टेबल, डार्ट गेम, चेस लगाएतका खेलहरु खेल्ने समेत व्यवस्था मिलाएको छ।

उनले बारमा जन्मदिन, म्यारीज एनिभसरी, संस्थाका एनिभसरी, प्राइभेट पार्टी गर्नका लागि समेत विषेश व्यवस्था मिलाएको बताए । उनले बारमा फन्ट, बालकुन्नी, फेवाफन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिङ् र म्युजिक’ रमाउन पाइने बताए । उनले प्रणय दिवसको अवसरको कार्यक्रम पछि राती रियल म्याडीड र पिएसजि बिच खेल समेत देखाउने बताए ।

कमेन्टहरु
Loading...