पाण्डेलाई परिचय सहकारीको आर्थिक पत्रकारिता पुरस्कार

पोखरा, २० असोज/ परिचय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पत्रकार घनश्याम पाण्डेलाई सम्मान गरेको छ ।

सहकारीले आफ्नो छैटौं बार्षिक साधारणसभाको अवसरमा पत्रकार पाण्डेलाई आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका कृषि, भूमि ब्यबस्था तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ, सहकारीका अध्यक्ष दीपक

तिमिल्सिना लगायतले पाण्डेलाई नगद ११ हजार १ सय ५५ सहित दोषल्ला र सम्मान पत्र प्रदान गरेर सम्मान गरेका हुन् ।

सम्मानित पाण्डे रेडियो गण्डकीका स्टेशन म्यानेजर हुन् । उनी यसअघी विभिन्न एक दर्जन पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

कार्यक्रममा गण्डकी प्रदेशका कृषि, भूमि ब्यबस्था तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले सहकारीले अब उत्पादनमूलक

क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । प्रदेश सरकारको सहकारी नीति एक सहकारी एक उत्पादन र लगानीको ३० प्रतिशत उत्पादनमूलक

क्षेत्रमा लगाउनैपर्ने भएकाले त्यसलाई कडाईकासाथ पालना गर्न उनले आग्रह गरे ।

सम्मानित व्यक्ति पत्रकार घनश्याम पाण्डेले सम्मानले आफूलाई सहकारी क्षेत्रमा कलम चलाउन थप प्रेरणा दिएको बताए । उनले

आगामी दिनमा पनि सहकारीले गर्ने कृयाकलापको उजागर गर्न भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

कमेन्टहरु
Loading...